६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक विनय कार्की र गायिका सुरक्षा सेन्चुरीको युगल आवाजमा ‘संगै संगै जिउँला’ सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । गायक विनय कार्की र गायिका सुरक्षा सेन्चुरीको युगल आवाजमा नयाँ नेपाली गीत 'संगै संगै जिउँला' सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र रिशिता रोयको रोमान्टिक अभिनय रहेको छ । केशव भावुकको शब्द रहेको गीतमा संगित भर्ने काम गायक विनय कार्की आफैले गरेका छन् ।

त्यतीमात्र नभई गायक विनय कार्की आफैले अरेन्ज, मिक्सिङ र मास्टरिङको काम समेत गरेका छन् । म्युजिक भिडियोको सम्पादनको काम भने अनिल रानाले गरेका छन् । गीतको म्युजिक भिडियोलाई विनय कार्की अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।