२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गबहादुर राणालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने एकीकृत शक्ति नेपालको माग



अ+ अ-

काठमाडौँ । श्री ३ महाराजाधिराज जङ्गबहादुर राणाले नेपालको इतिहासमा पुर्‍याएको योगदानको वास्तविक मूल्याङ्कन गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग एकीकृत शक्ति नेपालले गरेको छ।

एकीकृत शक्ति नेपालका संयोजक देवप्रकाश त्रिपाठीले जङ्गबहादुर राणाले राष्ट्रका निम्ति पुर्‍याउनुभएको योगदानबारे उहाँको २०६ औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा भवन कमलादीमा एक अन्तरक्रियात्मक प्रवचन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ, डा रमेश ढुङ्गेल र प्रा डा त्रिरत्न मानन्धरले कार्यक्रममा सहभागिता जनाएर आफ्ना अमूल्य विचार सम्प्रेषण गर्नुभएको थियो ।

कार्यक्रम सफल बनाउन विशेष सहयोग पुर्‍याउनुहुने पार्टीका उपाध्यक्षलगायत भ्रातृ संघसंस्थाका प्रतिनिधिहरुलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।