२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराईज बैंकद्वारा यस आर्थिक वर्ष २५०० भन्दा बढीलाई वित्तीय साक्षरता



अ+ अ-

काठमाडौं । देश व्यापी रुपमा नागरिकहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप सनराईज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नागरिकहरुमा बैंकिङ्ग सेवा सुबिधाको बारेमा जनचेतना कम रहेको हालको परिप्रेक्षमा बैंकिङ्ग सेवा सुबिधाको प्रयोगले कसरी जीबनस्तर विकास गर्न सकिन्छ, बचतको महत्व, कर्जाको सदुपयोगिता, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङ्गको प्रयोगले गर्न सकिने समयको बचत, डिजिटल बैंकिङ्गमा कसरी सुरक्षित रहन सकिन्छ लगाएतका विषयहरुलाई समेटेर देश व्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

गण्डकी प्रदेशमा बागलुङ, सुन्दरबजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनबल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा विरेन्द्रनगर र जुम्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी,महेन्द्रनगर र डडेलधुरामा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

केही समय अघि मात्रै पनि बैंकले प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशमा साक्षरता कार्यक्रम गरी सकेको छ । यस अभियान अन्र्तगत बैंकले यसै वर्ष मात्र २५०० भन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्र्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिदंै जाने बैंकका नायब महाप्रबन्धक श्री रविन कुमार नेपालले जानकारी दिनु भयो ।