३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराईज बैंकद्वारा यस आर्थिक वर्ष २५०० भन्दा बढीलाई वित्तीय साक्षरता



अ+ अ-

काठमाडौं । देश व्यापी रुपमा नागरिकहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप सनराईज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नागरिकहरुमा बैंकिङ्ग सेवा सुबिधाको बारेमा जनचेतना कम रहेको हालको परिप्रेक्षमा बैंकिङ्ग सेवा सुबिधाको प्रयोगले कसरी जीबनस्तर विकास गर्न सकिन्छ, बचतको महत्व, कर्जाको सदुपयोगिता, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङ्गको प्रयोगले गर्न सकिने समयको बचत, डिजिटल बैंकिङ्गमा कसरी सुरक्षित रहन सकिन्छ लगाएतका विषयहरुलाई समेटेर देश व्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

गण्डकी प्रदेशमा बागलुङ, सुन्दरबजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनबल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा विरेन्द्रनगर र जुम्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी,महेन्द्रनगर र डडेलधुरामा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

केही समय अघि मात्रै पनि बैंकले प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशमा साक्षरता कार्यक्रम गरी सकेको छ । यस अभियान अन्र्तगत बैंकले यसै वर्ष मात्र २५०० भन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्र्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिदंै जाने बैंकका नायब महाप्रबन्धक श्री रविन कुमार नेपालले जानकारी दिनु भयो ।