• १० भाद्र २०८१, सोमबार
  •      Mon Aug 26 2024
  •   Unicode
Logo
Latest
★   अहिलेको सरकारले फलानो अपराधी हो तर नसमाऊ भन्ने आदेश दिँदैन: प्रधानमन्त्री ओली ★   बालेनको प्रश्न: अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या किन ? ★   सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’ कार्तिक ३० गते रिलिज हुने ★   संस्कृतिको संरक्षणबाट सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्छः अध्यक्ष नेपाल ★   आज महिला नेतृ मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस ★   ओमनका विदेशमन्त्री आज नेपाल आउँदै, भोलि परराष्ट्रमन्त्रीसँग द्विपक्षीय वार्ता हुने ★   नेपथ्य अमेरिका शृंखला २०२४: डालासमा दर्शकको भब्य उपस्थिति – फोटोफिचर ★   राधाकृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो – फोटोफिचर ★   २२ अर्ब नै विद्युत् महसुल उठाइनु पर्छ, १६ अर्ब किन छुट दिइयो भन्ने जवाफ पनि… ★   भवन निर्माण गर्दा नदीको दायाँबायाँ २० मिटर छोड्नु पर्ने महानगरको निर्णयमा एमालेको असहमति , प्रधानमन्त्रीलाई…

सभामुखले बोलाएको छलफलमा एमाले नजाने



काठमाडौं। संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले न्यूजपोलारसँग भन्नुभयो, 'एमालेले "अबैध" ठानेको दलसँग नै राखेर सभामुखले छलफल गराउन खोज्नु भयो त्यो छलफलको अर्थ छैन एमाले सहभागी हुँदैन ।'

उहाँले भन्नुभयो- समस्याको समाधान खोज्ने हो भने सभामुखले एमालेसँग छुट्टै छलफल गर्नपर्छ अरु सबैलाई राखेर एमालेलाई दोषी देखाउने उहाँको कार्यले निकास निस्कदैन । सभामुख सापकोटाले  दिउसो २:३०बजे संसदमा प्रतिनिधित्व गर्नेदलका नेताहरुलाई छलफलमा लागि बोलाउनु भएको छ ।