• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली ★   पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति ★   एमाले सचिवालय बैठक सुरू ★   सहकारी छानबिन विशेष समितिले गृहमन्त्री सहित प्रमुख प्रहरीसंग छलफल गर्दे ★   महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन अनुरोध ★   जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने ★   प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह: आगामी आ.व.मा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस् ★   दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा ट्याक्सीसहित चालकको प्रदर्शन ★   एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने

अहिलेको सरकारले फलानो अपराधी हो तर नसमाऊ भन्ने आदेश दिँदैन: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार केबल सरकार चलाउनको लागि मात्र नबनेको बताउनुभएको छ ।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेस एमाले बिचको समीकरण केबल सत्ता समीकरण मात्र नभएको बताउनुभयो । ‘एउटा सरकारको ठाउँमा अर्को सरकार आयो, एउटा समीकरणको ठाउँमा अर्को समीकरण बन्यो होइन, एउटा प्रवृत्तिका ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, बेठिक प्रवृत्तिका ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अघि बढाउने सङ्कल्पका साथ यो सरकार आएको छ’, उहाँले भन्नुभयो ।

ओलीले सरकारका सबै अङ्गलाई संविधान र कानुन बमोजिम चल्न आग्रह गर्नुभयो । तोक, आदेशका भरमा होइन संविधान र कानुनले गरेको मार्गदर्शन अनुसार अघि बढ्न उहाँले आग्रह गर्नुभयो । ‘अहिलेको सरकारले फलानो अपराधी हो तर नसमाऊ भन्ने आदेश दिँदैन, अहिलेको सरकारले फलानालाई फसाऊ भन्ने तपाईँहरूलाई आदेश दिँदैन, ढुक्क भएर काम गर्नुस्’, ओलीले भन्नुभयो ।

राज्य भएर निर्दोष मानिसलाई फसाएर दोषी करार गर्नु आपराधिक काम भएको उहाँले उहाँले बताउनुभयो । कसैलाई पनि निर्दोष हुँदा हुँदै दोषी करार गर्नु राज्यको तर्फबाट हुने गम्भीर अपराध भएको ओलीले स्पष्ट पार्नुभयो ।

प्रहरी कर्मचारीलाई पूर्वाग्रह वा कुनै प्रभावमा परेर अनावश्यक सरुवा नगर्ने उहाँले प्रष्ट पार्नुभयो । कुनै पनि प्रहरी कर्मचारीले झोला थैला बोकेर कुद्नु पर्ने अवस्था नआउने ओलीले बताउनुभयो । काहीँ कतैबाट अवाञ्छित ढङ्गले प्रभावित हुने कुरालाई अहिलेको सरकारले राम्रो नमान्ने ओलीले अर्थ्याउनुभयो । ‘अहिलेको सरकार भात रोटी खान्छ, घुस खाँदैन’, ओलीले भन्नुभयो ।

नेपाली समाजमा अहिले विरोध गर्न, अपमान गर्न, चरित्र हत्या गर्न र कसैलाई गाली गर्न कुनै कारण नचाहिने स्थिति बन्दै गएको ओलीले बताउनुभयो । त्यस्ता कार्यमा संलग्न युवाले त्यतिकै त्यो काम नगरेका ओलीको भनाइ छ । उनीहरूले कतैबाट भत्ता र पारिश्रमिक लिएर त्यो काम गरेका ओलीले दाबी गर्नुभयो । मान्छेले त्यतिकै चिन्दै नचिनेको मन्छेलाई गाली र चरित्र हत्याको काम गर्नै नसक्ने ओलीले बताउनुभयो ।

अहिले समाजमा अराजकता फैलाउन विभिन्न शक्ति सलबलाई रहेका बताउँदै ओलीले यसमा सचेत हुन प्रहरीलाई आग्रह गर्नुभयो । त्यस्ता तत्त्वलाई देशमा विकास, अनमनचनय, सुशासन लगायतका कुरामा कुनै चासो नरहेको उहाँले बताउनुभयो । देशलाई अझ अराजकता र अस्थिरता तर्फ लैजान ती तत्त्वहरूले प्रयत्न गरिरहेको ओलीको भनाइ छ । ‘त्यस्ता कुराहरूसँग हामी सचेत हुनुपर्छ, सतर्क हुनुपर्छ’, उहाँले भन्नुभयो ।