१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अहिलेको सरकारले फलानो अपराधी हो तर नसमाऊ भन्ने आदेश दिँदैन: प्रधानमन्त्री ओली

अहिलेको सरकारले फलानो अपराधी हो तर नसमाऊ भन्ने आदेश दिँदैन: प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार केबल सरकार चलाउनको लागि मात्र नबनेको बताउनुभएको छ ।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेस एमाले बिचको समीकरण केबल सत्ता समीकरण मात्र नभएको बताउनुभयो । ‘एउटा सरकारको ठाउँमा अर्को सरकार आयो, एउटा समीकरणको ठाउँमा अर्को समीकरण बन्यो होइन, एउटा प्रवृत्तिका ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, बेठिक प्रवृत्तिका ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अघि बढाउने सङ्कल्पका साथ यो सरकार आएको छ’, उहाँले भन्नुभयो ।

ओलीले सरकारका सबै अङ्गलाई संविधान र कानुन बमोजिम चल्न आग्रह गर्नुभयो । तोक, आदेशका भरमा होइन संविधान र कानुनले गरेको मार्गदर्शन अनुसार अघि बढ्न उहाँले आग्रह गर्नुभयो । ‘अहिलेको सरकारले फलानो अपराधी हो तर नसमाऊ भन्ने आदेश दिँदैन, अहिलेको सरकारले फलानालाई फसाऊ भन्ने तपाईँहरूलाई आदेश दिँदैन, ढुक्क भएर काम गर्नुस्’, ओलीले भन्नुभयो ।

राज्य भएर निर्दोष मानिसलाई फसाएर दोषी करार गर्नु आपराधिक काम भएको उहाँले उहाँले बताउनुभयो । कसैलाई पनि निर्दोष हुँदा हुँदै दोषी करार गर्नु राज्यको तर्फबाट हुने गम्भीर अपराध भएको ओलीले स्पष्ट पार्नुभयो ।

प्रहरी कर्मचारीलाई पूर्वाग्रह वा कुनै प्रभावमा परेर अनावश्यक सरुवा नगर्ने उहाँले प्रष्ट पार्नुभयो । कुनै पनि प्रहरी कर्मचारीले झोला थैला बोकेर कुद्नु पर्ने अवस्था नआउने ओलीले बताउनुभयो । काहीँ कतैबाट अवाञ्छित ढङ्गले प्रभावित हुने कुरालाई अहिलेको सरकारले राम्रो नमान्ने ओलीले अर्थ्याउनुभयो । ‘अहिलेको सरकार भात रोटी खान्छ, घुस खाँदैन’, ओलीले भन्नुभयो ।

नेपाली समाजमा अहिले विरोध गर्न, अपमान गर्न, चरित्र हत्या गर्न र कसैलाई गाली गर्न कुनै कारण नचाहिने स्थिति बन्दै गएको ओलीले बताउनुभयो । त्यस्ता कार्यमा संलग्न युवाले त्यतिकै त्यो काम नगरेका ओलीको भनाइ छ । उनीहरूले कतैबाट भत्ता र पारिश्रमिक लिएर त्यो काम गरेका ओलीले दाबी गर्नुभयो । मान्छेले त्यतिकै चिन्दै नचिनेको मन्छेलाई गाली र चरित्र हत्याको काम गर्नै नसक्ने ओलीले बताउनुभयो ।

अहिले समाजमा अराजकता फैलाउन विभिन्न शक्ति सलबलाई रहेका बताउँदै ओलीले यसमा सचेत हुन प्रहरीलाई आग्रह गर्नुभयो । त्यस्ता तत्त्वलाई देशमा विकास, अनमनचनय, सुशासन लगायतका कुरामा कुनै चासो नरहेको उहाँले बताउनुभयो । देशलाई अझ अराजकता र अस्थिरता तर्फ लैजान ती तत्त्वहरूले प्रयत्न गरिरहेको ओलीको भनाइ छ । ‘त्यस्ता कुराहरूसँग हामी सचेत हुनुपर्छ, सतर्क हुनुपर्छ’, उहाँले भन्नुभयो ।