• १० भाद्र २०८१, सोमबार
  •      Mon Aug 26 2024
  •   Unicode
Logo

सभामुखले बोलाएको छलफलमा एमाले नजाने



काठमाडौं। संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले न्यूजपोलारसँग भन्नुभयो, 'एमालेले "अबैध" ठानेको दलसँग नै राखेर सभामुखले छलफल गराउन खोज्नु भयो त्यो छलफलको अर्थ छैन एमाले सहभागी हुँदैन ।'

उहाँले भन्नुभयो- समस्याको समाधान खोज्ने हो भने सभामुखले एमालेसँग छुट्टै छलफल गर्नपर्छ अरु सबैलाई राखेर एमालेलाई दोषी देखाउने उहाँको कार्यले निकास निस्कदैन । सभामुख सापकोटाले  दिउसो २:३०बजे संसदमा प्रतिनिधित्व गर्नेदलका नेताहरुलाई छलफलमा लागि बोलाउनु भएको छ ।