१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

गौरा पर्वको महत्त्वपूर्ण दिन: अठेवाली अर्थात् दुर्वाष्टमी मनाइँदै

गौरा पर्वको महत्त्वपूर्ण दिन: अठेवाली अर्थात् दुर्वाष्टमी मनाइँदै
पूजापाठ गर्दै व्रतालु गोदावरी (कैलाली), १० भदौंः धनगढी उपमहानगरपालिका– ११ बेलाधामस्थित शिव मन्दिरमा पूजापाठ गर्दै व्रतालु । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा शिव पार्वतीको पूजापाठ गर्ने प्रचलन रहेको छ । तस्बिरः मीन ठकुरी÷रासस
अ अ+ अ-

कञ्चनपुर । गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् अठेवाली आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले आजको दिनलाई महिलाहरूले महत्वपूर्ण मान्दछन् । दुबोले गौराको पूजा गरिने भएकाले आजको दिनलाई दुर्वाष्टमी भनिएको हो ।

पवित्र धागोबाट निर्माण गरिएको ‘दुवधागो’लाई विधिपूर्वक अभिमन्त्रित गरी नारीहरूले निरहार बसेर आजकै दिन धारण गर्दछन् । दुवधागो ग्रहण गरेका महिलालाई पवित्र मानिन्छ । दुवधागो धारण गरेका महिलालाई भातभान्सा गर्ने पहिलो अधिकार रहन्छ । यो चलन परम्परागतकालदेखि सुदूरपश्चिममा चल्दै आएको छ । दुवधागो धारण गरेका महिलालाई गौरा पूजन गर्ने पूर्ण अधिकार रहन्छ ।

महिलाहरूले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याई शृङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर नाच्ने गर्दछन् । आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेवाली भन्ने गरिएको सुदूरपश्चिमेली संस्कृतिका ज्ञाता धर्मानन्द जोशीले बताउनुभयो ।

अठेवाली गीत गाउँदा महिलाले एकले अर्काको कान्छी औँला अठ्याएर समाती गोलो घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गरिने उहाँले बताउनुभयो । यसै अवसरमा गौराको पहिलो दिन पाँच अन्न भिजाएर बनाएको बिरुडा गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । पहिले गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिक रूपमा बिरुडा भिजाउने चलन थियो । अहिले बासिन्दाहरूले सुविधाका लागि गौरा मन्दिर, सगोल तथा घरघरमा भिजाउने गरेका छन् ।

हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको हो । पार्वतीले शिव पति पाएझैँ अविवाहित युवतीले शिवझैँ पति पाउँ भनी व्रत बसेको अठेवालीका दिन गौरा देवीको प्रतिमालाई टाउको राखेर नचाउने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् ।

धुमारी, ढुस्को र ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिकग्रन्थमा आधारित कथा भन्ने गरिन्छ । बिरुडा भिजाएर सुरु हुने गौराको विसर्जन नहुँदासम्म महिला र पुरुष सबैले धुमधामसँग मनाउने गर्छन् । भिजाएको बिरुडालाई षष्ठीका दिन नजिकका पँधेरा वा इनारमा सगुन गाएर धुने गरिन्छ । त्यसपछि ती बिरुडालाई पुन: भिजाएको ठाउँमा राखिन्छ । सप्तमीका दिन अविवाहित युवतीले खेतबारीबाट धान, साऊँलगायत बोटबाट गौरीको प्रतिमा बनाएर डालोमा राखेर गौरा घरमा भित्र्याउने गर्छन् ।

गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतीक महेश्वर मानेर राख्ने गरिन्छ । यस बेलामा दुवधागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । यस बेलासम्म महिला निराहार हुन्छन् भने कसैले फलाहार गर्छन् ।

यसअघि महिलाले आफ्ना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् । अठेवालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकोमा राखेर नाच्ने गरिन्छ । गौरा नचाएको बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई ‘लली घुमारा’ भनिन्छ ।

अठेवालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने गर्छन् । धामीझाँक्रीलाई खुसी बनाउन अठेवालीका दिन पुरुषले विशेषगरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् ।

महिलाले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो भनेपछि चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास पहिलेदेखि गरिँदै आएको पण्डित धनीदत्त जोशीले बताउनुभयो ।

“अठेवालीका दिन पुरुषले आफ्नो जनै फेर्न गर्छन्”, उहाँले भन्नुभयो, “व्रत बसेका महिलाले नयाँ दुवधागो लगाउने गर्छन्, बिरुडा घरमा ल्याएर ठूलाबडाले सानालाई पुज्ने गरिन्छ ।” पुरुष रातिसम्म गौरा खलोमा ठाडो खेल खेल्ने गर्छन् । बर्खेखेती लगाएर फुर्सिदिला हुँदा दिउँसो खाना खाएर सबै जना गौरा खलोमा पुग्ने गर्छन् । गौरा मनाउन देशविदेशबाट समेत घर आउने चलन छ । गौरामा नयाँ लाउने र मिठो खाने गरिन्छ । बर्खेखेतीपछिको थकाई मार्न सबै गौरामा रमाउँछन्, धनी, गरिब भनिदैन, सबैले गच्छेअनुसार मनाउँछन् । गौराको अन्तिम नदी बाजागाजासहित विर्सजन गरिन्छ । रासस