१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

संविधान दिवसका दिन सरकारले ‘नेसनल डे कन्सर्ट’ गर्ने

संविधान दिवसका दिन सरकारले ‘नेसनल डे कन्सर्ट’ गर्ने
अ अ+ अ-

काठमाडौं । सरकारले यस वर्ष संबिधान दिवसको अवसरमा ‘नेसनल डे कन्सर्ट’ गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा बसेको संबिधान दिवस मूल समारोह समितिको बैठकले नेसनल डे कन्सर्ट गर्ने (राष्ट्रिय दिवश उत्सब) गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले सैनिक मञ्च टुडिखेलमा औपचारिक कार्यक्रम गरे पछि नारायणहिटी दरबार अगाडिको खुला स्थानमा नेसनल डे कन्सर्ट गर्न लागेको हो। ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम सरकारको पनि सहभागिता रहने बैठक पछि गृहमन्त्रालयका सचिव एक नारायण अर्यालले जानकारी दिनु भयो ।

यस्तै सरकारले संबिधान दिवशको अवसरमा नीजि क्षेत्रलाई विभिन्न बिषयमा छुट सहुलियत पनि दिने भएको छ। छुट सहुलियत दिनको लागि सबै मन्त्रालयको सचिवहरु भएको एक उपसमिति बनाइएको पनि सचिव अर्यालले जानकारी दिनुभयो।

बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन ९२०७२ असोज ३० लाई राष्ट्रियरुपमा मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरु र जनस्तरमा समेत दीपावलीलगायतका विविध कार्यक्रम तय गरेको छ ।

असोज २ गते काठमाडौँको नारायणहिटी (दरबारमार्ग) मा साङ्गीतिक महोत्सव (नेसनल डे कन्सर्ट) र दिवसका दिन असोज ३ गते काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम गर्ने तय भएको छ । यस्तै असोज ४ गते सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयको छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने, सार्वजनिक सवारी साधनहरुमा राष्ट्रिय झण्डा फहराउन आव्हान गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षबाट संविधान प्राप्त भएकाले संविधान दिवसलाई राज्यस्तरबाट मनाइनुका साथै सबै जाति, समुुदाय र भूूगोलका जनताले स्वत:स्फूर्तरुपमा भव्यरुपमा दिवस मनाउनुपर्ने बताउनुुभयो । उहाँले सामाजिक जीवनका सबै क्षेत्र परिचालित हुने गरी सङ्घ, प्रदेश र स्थानीय तहबाट कार्यक्रम हुनुुपर्ने बताउनुुभयो । प्रधानमन्त्री ओलीले भन्नुुभयो, “संविधान दिवस देशको सबैभन्दा ठुलो चाड हो । यो कुनै जाति, समुुदाय र भूूगोल विशेषको होइन, सिङ्गो देशको वार्षिक मेला हो । त्यसअनुसार मनाउने तयारी गर्न म सबैलाई आग्रह गर्दछुु ।’’

दिवसको मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, काठमाडौँ उपत्यकास्थित नगरपालिकाका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव, सदस्य–सचिव रहनुुभएको छ ।

दिवसका लागि मूल समारोह समितिका साथै प्रचार–प्रसार, बृहद् जनसहभासगितासहित राष्ट्रिय गीतहरुको कन्सर्ट कार्यक्रम, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन, ग्राउण्ड, कवाज तथा व्यायाम व्यवस्थापन, मञ्च सजावट तथा व्यवस्थापनका लागि उपसमिति पनि गठन गरिएको छ ।