• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   एन्फाले माग्यो पुरुष टिमको प्रमुख प्रशिक्षक, के–के चाहिन्छ योग्यता ? ★   मृतक दुई बालबालिकाका परिवारलाई पाँच/पाँच लाख दिइने ★   सहकारी छानविन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश ★   संविधानले जनयुद्ध चिन्दैन: एमाले सांसद न्यौपाने ★   महासभामा जाँदा नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम गर्दिनँ: प्रधानमन्त्री… ★   एप्पलका सामग्री आयत गर्ने जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालि कानूनी उपचारमा जाने ★   सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ: सूर्य थापा ★   सहकारीबाट पैसा लैजान रवि लामिछानेको संलग्नता नरहेको समितिको निष्कर्ष ★   प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी ★   अपांगता भएकाहरुलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

राधाकृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो – फोटोफिचर



काठमाडौँ । नागार्जुन रानीवनस्थित राधाकृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

तस्बिरः न्यूजपोलार