• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   सहकारी छानबिन विशेष समितिले गृहमन्त्री सहित प्रमुख प्रहरीसंग छलफल गर्दे ★   महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन अनुरोध ★   जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने ★   प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह: आगामी आ.व.मा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस् ★   दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा ट्याक्सीसहित चालकको प्रदर्शन ★   एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने ★   उपसभामुखलाई पदबाट हटाउन सम्भव छैन: पूर्वसभामुख सापकोटा ★   जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा ★   नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको छ: प्रधानमन्त्री ★   नेपाल प्रिमियर लिग: मार्की प्लेयरको नाम सार्वजनिक

सरकारी योजना कार्यान्वयनमा परस्पर सहयोग गर्ने मन्त्रीद्वय यादव र शाहीबीच सहमति



काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीबीच सरकारी योजनालाई सरल र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न परस्पर सहयोग गर्ने विषयमा भद्र सहमति भएको छ ।

आज खानेपानी मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुवै मन्त्रीबीच उक्त सहमति भएको हो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता मिना श्रेष्ठका अनुसार भेटका क्रममा मन्त्री यादवले शिवपुरी राष्ट्रिय निकुञ्जबाट बागमती नदीको पानी ल्याउने योजना कार्यान्वयनका लागि वन मन्त्रालयको सहयोग आवश्यक भएको जनाउँदै सहजीकरणको आग्रह गर्नुभएको थियो ।

मन्त्री यादवले सुर्खेतस्थित भेरी पम्पिङ परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) स्वीकृत गराउने प्रक्रिया छिटो सम्पन्न गर्न वनमन्त्री ठकुरीसँग आग्रह गर्नुभयो । वनमन्त्री ठकुरीले यस कार्यमा सहयोग पु¥याउन आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाउनुहुँँदै खानेपानी मन्त्रालयलाई आवश्यक पर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो ।

वन ऐन संशोधन गर्दा खानेपानी क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने कुरामा पनि मन्त्री ठकुरीले जोड दिनुभएको थियो । भेटका क्रममा बुटवलमा निर्माणाधीन खानेपानी आयोजनाको जग्गा व्यवस्थापनलगायत विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त भेटवार्तामा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, वन मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक पौडेल र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, मन्त्री यादवका सल्लाहकार अवधेशकुमार दासलगायतका उच्च अधिकारीको उपस्थिति थियो ।