१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमनका विदेशमन्त्री आज नेपाल आउँदै, भोलि परराष्ट्रमन्त्रीसँग द्विपक्षीय वार्ता हुने



अ+ अ-

काठमाडौँ । ओमनका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदी नेपालको औपचारिक भ्रमणका लागि आज स्वदेश आउँदै हुनुहुन्छ ।

उहाँ आज अपराह्न काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । आज विमानस्थलबाट उहाँ होटल सोल्टी जानुहुने छ । आज उहाँको कुनै औपचारिक कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो । मन्त्री डा राणा र विदशेमन्त्री अल बुसाइदीबीच भोलि बिहान द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । वार्तापछि भोलि नै मन्त्री डा राणाले उहाँको सम्मानमा होटल सोल्टीमा दिवाभोजको आयोजना गर्नुुभएको छ ।

त्यसैगरी विदेशमन्त्री अल बुसाइदीले भोलि नै प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

विदेशमन्त्री अल बुसाइदी भोलि साँझ स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।