६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको जिसस अध्यक्षमा एमालेका अधिकारी विजयी



अ+ अ-

चितवन । जिल्ला समन्वय समिति चितवनको अध्यक्ष पदमा नेकपा एमालेका नारायणप्रसाद अधिकारी विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको समान मतगणना भएपछि गोलाप्रथा गरिँदा अधिकारी विजयी भएका हुन् ।

मंगलबार भएको निर्वाचनमा मतदान हुँदा अधिकारी र गठबन्धनका उम्मेदवार पूर्णबहादुर रानाभाटले बराबर मत प्राप्त गरेका थिए । १४ जनाले मतदान गर्दा ७/७ भोट आएपछि गोलाप्रथाबाट अधिकारी निर्वाचित भएका हुन् ।

एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका अधिकारी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा इच्छाकामना– ३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । जिसस चितवनको उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी थिइन् ।