• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

हेटौँडामा सवारीसाधन दुर्घटनामा परि एकको मृत्यु



सांकेतिक तस्बिर

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ ।

आज बिहान २ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

ठक्करबाट सख्त घाइते हुनुभएका सुनारको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त अटोमा सवार हेटौँडा–१२ का ३५ वर्षीय सुवास सुनार घाइते हुनुभएको र उहाँको उपचार भइरहेको छ । अटोलाई ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।