• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै

सरकारले बलात्कार मुद्दामा तत्काल हदम्याद नहटाउने



काठमाडौँ । बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद सरकारले तत्काल नहटाउने भएको छ ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीयमामिला मन्त्री गोविन्द बन्दीले हदम्यादसम्बन्धी प्रचलित कानूनमा रहेको व्यवस्था तत्काल पुनरविचार गर्न नसकिने बताए ।

उनका अनुसार एउटा घटनालाई लिएर हदम्यादसम्बन्धी सार्वजनिक बहस सुरु हुनासाथ हदम्यादमा पुनरविचार गर्न सकिँदैन । हदम्यादका कारण न्यायबाट बञ्चित हुन नपरोस् भन्ने सांसदहरुको भावनाप्रति सरकार गम्भीर रहेको छ भन्दै मन्त्री बन्दीले सार्वजनिक बहसको विषय बनेको यो हदम्यादसम्बन्धी व्यवस्थाबारेमा नेपाल कानून आयोगलाई अध्ययन गर्न भनिएको बताए ।

उनले भने, “कानून आयोगले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर, विभिन्न मुलुकको हदम्यादसम्बन्धी प्रावधान र नेपालको सामाजिक परिवेशसमेत हेरेर प्रतिवेदन दिनेछ र त्यस आधारमा मात्र सरकारले पुनर्विचार गर्नेछ ।”

प्रतिवेदन आउनेवित्तिकै प्रतिवेदनले ल्याएको पक्षमा आवश्यक छलफल गरी कानूनमा आवश्यक छलफल गरिने उनको भनाइ थियो । नेपालमा मुलुकी ऐन, २०२० ले बलात्कार मुद्दामा ३५ दिन हदम्याद राखेको र पछि त्यसलाई बढाएर छ महिना बनाइएको र मुलुकी अपराध संहिता, २०७४ मा एक वर्ष राखिएको भन्दै उनले नेपालमा समाजको आवश्यकताका आधारमा बेलाबेला कानून परिवर्तन हुँदै आएको बताए ।

उनले चार वर्षअघि मात्र हदम्यादसम्बन्धी व्यवस्थामा पुनरविचार गरिएको बताए । सपना प्रधान मल्लले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले प्रतिपादन गरेको नजीरअनुसार व्यापक छलफल गरेर पुनरविचार गरिएको उनले जानकारी दिए ।