• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै



काठमाडौँ । युरो कप २०२४ प्रतियोगिता अन्तर्गत आज शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । २४ टोली सहभागिता रहेको प्रतियोगितामा १६ टोलीले नकआउट चरणमा प्रवेश गरेका छन् ।

आज राति पहिलो खेलमा इटाली र स्वीट्जरल्यान्ड भिड्दैछन् । खेल नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ । स्वीट्जरल्यान्ड समूह ए बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो भने इटाली पनि समूह बी बाट उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो ।

यस्तै आज राति नै आयोजक जर्मनीले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार मध्यरातमा पौने १ बजे सुरु हुनेछ । आयोजक जर्मनी समूह ए को विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो भने डेनमार्क समूह सी को उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो ।

आजको खेलमा विजेताहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् भने पराजित टोली बाहिरिनेछन् ।