४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट, ६४ वर्षपछि विश्वकप खेल्ने



अ+ अ-

एजेन्सी । वेल्स कतार विश्वकप २०२२ मा छनोट भएको छ । विश्वकप छनोटको फाइनल खेलमा युक्रेनलाई १–० गोलले पराजित गर्दै वेल्सले ६४ वर्षपछि विश्वकप खेल्ने भएको हो ।

वेल्सको घरेलु मैदान कार्डिफ सिटीमा आइतबार राति भएको खेलमा ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरेका थिए । उक्त गोल नै वेल्सलाई विश्वकपको यात्रा बन्यो । वेल्सले यसअघि १९५८ मा विश्वकप खेलेको थियो ।

वेल्स विश्वकपको समूह बीमा रहेको छ । उक्त समूहमा इंग्ल्याण्ड, अमेरिका र इरान छन् ।