११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्सल्टेन्सीले १४४ जनाबाट साढे ४ करोड उठाएपछि वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर



अ+ अ-

काठमाडौँ ।  पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका संस्था नै वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौं रकम असुल्ने गरेको पाइएको छ । कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरी सञ्चालक फरार हुने गरेको उजुरी विभागमा परेको छ ।

विभागले हालै इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्राली र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले १४४ जनाबाट साढे ४ करोड उठाएपछि वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको महानिर्देशक शेषनारायण पौडेलले बताउनुभयो ।

पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेकामध्ये हाल ३ वटाको मुद्धा वैदेशिक रोजगार न्यायाधीकरणमा दायर गरिएको बताउनुभयो । एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्याक्तिगत सहित पछिल्लो महिनामा मात्र ४ करोड ९३ लाखको दाबी र सोको हर्जना सहित ७ करोड रुपैयाका बराबरको मुद्धा दायर गरिएको छ ।