१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिकमा माल्यार्पण



अ+ अ-

काठमाडौं । पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

बिहीबार पूर्वराजा शाहको २१औँ पुण्यतिथिको अवसरमा ललितपुरको जावलाखेलस्थित उहाँको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो । योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा पूर्वराजा शाहको शालिकमा माल्यार्पण तथा दिपप्रज्वलन गरिएको थियो । श्रद्धाञ्जली दिन पुगेकाहरुले उहाँलाई राष्ट्रिय एकताको प्रतीक र विकासप्रेमी राजाको रुपमा स्मरण गरेका थिए । पूर्वमन्त्री दुर्गा श्रेष्ठले पूर्वराजा शाह राष्ट्रको एकताको प्रतीक रहेको उल्लेख गर्नुभयो । उहाँले विकासप्रेमी, जनतालाई सुशासन दिने राजाको रुपमा स्मरण गर्नुभयो । पूर्वराजा शाहले देशलाई शान्ति क्षेत्र कायम गर्न अथक प्रयास गर्नुभएको उहाँले बताउनुभयो ।

योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्का उपाध्यक्ष विमलराज शर्माले पूर्वराजा वीरेन्द्र शाह राष्ट्रवादी राजा भएको बताउनुभयो । उहाँले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न ११६ राष्ट्रको समर्थन गराएको भन्दै पूर्वराजा शाहको प्रशंशा गर्नुभयो ।

वि.सं. २००२ साल पुष १४ गते जन्मिनुभएका पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको २०५८ साल जेठ १९ गते सपरिवार निधन भएको थियो ।