२६ पुष २०८१, शुक्रबार
,
Latest
नेपालमा सम्भावना नै छैन भन्ने भाष्य परिवर्तन गर्नु आवश्यक छ: अध्यक्ष ढकाल सरकारको सदासयतालाई कमजोरी नठान्न अर्थमन्त्रीद्वारा निर्माण व्यवसायीहरुलाई आग्रह नवलपुरको दुम्कीबासमा पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग पूर्ण अवरुद्ध मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारमा जोड अध्यक्ष दाहाल—नेपाल र लिङदेनबीच सिंहदरबारमा भेट, समसामयिक राजनीतिबारे छलफल नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाज दुर्घटना: मृत्यु भएका २२ जनाको शव मृतकका परिवारलाई बुझाइयो



अ+ अ-

काठमाडौँ । तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्घटनामा मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि आज परिवारलाई हस्तान्तरण गरिएको छ । बुधबार राति पोष्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज १२ बजेभित्रै मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो ।

मृतकमध्ये चार भारतीयको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने तथा दुई जर्मन नागरिकको शव त्यस देशतर्फ पठाइने जनाइएको छ ।

आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।