७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

‘जगतमुखी, जीवनमुखी, सेवामुखी’ मूल नारासहित शान्ति समाज स्थापना दिवस मनाइयो

‘जगतमुखी, जीवनमुखी, सेवामुखी’ मूल नारासहित शान्ति समाज स्थापना दिवस मनाइयो
अ+ अ-

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले ‘शान्ति समाजको कार्यक्षेत्रः जगतमुखी, जीवनमुखी, सेवामुखी’ उद्देश्य भन्ने मूल नारासहित आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

यसै उपलक्ष्यमा काठमाडौँ शाखाले आज बिहान गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण अभियानलाई रु २० हजारको पिठो सहयोग गर्नुका साथै सोही स्थलमा वृक्षरोपणसमेत गरेको छ । रुपन्देही शाखाले वुटवलस्थित नेपाल अपाङ्ग आश्रमलाई खाद्यान्न सहयोग र सैनामैनास्थित सुस्त मनस्थिति विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

यसैगरी सुनसरी शाखाले स्थानीय शान्ति वृद्धाश्रमलाई, गोरखा शाखाले गुरुकुल आश्रमलाई र नवलपुर शाखाले अपाङ्ग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग गरेको छ । दाङ शाखाले तुलसीपुरस्थित आश्रमका लागि भोजन सहयोग गरेको छ ।

यसैगरी चितवन शाखाले एक वृद्धाश्रमलाई नगद सहयोग, सङ्खुवासभा शाखाले फलफूल वितरण गर्नुका साथै सिरहा शाखाले लहानमा र कपिलवस्तु शाखाले वाणगङ्गामा वृक्षरोपण कार्यक्रम गरेका छन् । कैलाली शाखाले कर्णाली नदी पाताभार घाटमा सफाइ कार्यक्रम गरेको समाजका महासचिव रामकृष्ण बरालले जानकारी दिनुभयो ।

शाखाले तानसेनमा श्रवणशक्ति कम भएका विद्यार्थीलाई र कास्की शाखाले बुधबार पोखरास्थित एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको थियो । शान्ति समाज स्थापना दिवसकै अवसरमा थप १७ वटा शाखाले पनि आज सेवामुखीलगायत विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।

विसं २०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था शान्ति समाजले पछिल्लो दशकमा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान, हिमालय बचाउ आन्दोलन, युद्ध निषेधः शान्ति विशेष अभियान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार अभियान, लागू औषध–मदिरा दुव्र्यसनविरुद्ध अभियानलाई तीव्रता दिँदै आएको छ ।

समाजको ३८ जिल्लामा शाखा, एक हजार ५१० आजीवन सदस्य र स्थापनाकालदेखि हालसम्म गरी १० हजार ६६० जनाले सदस्यता लिएको महासचिव बरालले जानकारी दिनुभयो । समाजका संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ ।