२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जगतमुखी, जीवनमुखी, सेवामुखी’ मूल नारासहित शान्ति समाज स्थापना दिवस मनाइयो



अ+ अ-

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले ‘शान्ति समाजको कार्यक्षेत्रः जगतमुखी, जीवनमुखी, सेवामुखी’ उद्देश्य भन्ने मूल नारासहित आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

यसै उपलक्ष्यमा काठमाडौँ शाखाले आज बिहान गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण अभियानलाई रु २० हजारको पिठो सहयोग गर्नुका साथै सोही स्थलमा वृक्षरोपणसमेत गरेको छ । रुपन्देही शाखाले वुटवलस्थित नेपाल अपाङ्ग आश्रमलाई खाद्यान्न सहयोग र सैनामैनास्थित सुस्त मनस्थिति विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

यसैगरी सुनसरी शाखाले स्थानीय शान्ति वृद्धाश्रमलाई, गोरखा शाखाले गुरुकुल आश्रमलाई र नवलपुर शाखाले अपाङ्ग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग गरेको छ । दाङ शाखाले तुलसीपुरस्थित आश्रमका लागि भोजन सहयोग गरेको छ ।

यसैगरी चितवन शाखाले एक वृद्धाश्रमलाई नगद सहयोग, सङ्खुवासभा शाखाले फलफूल वितरण गर्नुका साथै सिरहा शाखाले लहानमा र कपिलवस्तु शाखाले वाणगङ्गामा वृक्षरोपण कार्यक्रम गरेका छन् । कैलाली शाखाले कर्णाली नदी पाताभार घाटमा सफाइ कार्यक्रम गरेको समाजका महासचिव रामकृष्ण बरालले जानकारी दिनुभयो ।

शाखाले तानसेनमा श्रवणशक्ति कम भएका विद्यार्थीलाई र कास्की शाखाले बुधबार पोखरास्थित एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको थियो । शान्ति समाज स्थापना दिवसकै अवसरमा थप १७ वटा शाखाले पनि आज सेवामुखीलगायत विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।

विसं २०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था शान्ति समाजले पछिल्लो दशकमा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान, हिमालय बचाउ आन्दोलन, युद्ध निषेधः शान्ति विशेष अभियान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार अभियान, लागू औषध–मदिरा दुव्र्यसनविरुद्ध अभियानलाई तीव्रता दिँदै आएको छ ।

समाजको ३८ जिल्लामा शाखा, एक हजार ५१० आजीवन सदस्य र स्थापनाकालदेखि हालसम्म गरी १० हजार ६६० जनाले सदस्यता लिएको महासचिव बरालले जानकारी दिनुभयो । समाजका संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ ।