२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथाबाट शिवपुराणको नेपाली र अङ्ग्रेजी संस्करण सार्वजनिक



सगरमाथा (फाइल फोटो)
अ+ अ-

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ ।

भगवान् शिवको बासस्थान हिमालयमध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा. बद्री पोखरेलले राससलाई जानकारी दिनुभयो । पोखरेलले दुवै पुस्तक संस्कृतबाट नेपाली र अङ्ग्रेजीमा अनुवाद गर्नुभएको हो ।

अङ्ग्रेजी शिवपुराण छुवाङ काल्देन शेर्पाले र नेपाली शिवपुराण लाक्पा डेन्डी शेर्पाले २०२२ मे १३ मा सगरमाथाको चुचुरोबाट अनावरण गर्नुभएको हो । अठार महापुराणमध्येको हिन्दूहरूको पवित्र ग्रन्थ सगरमाथाबाट अनावरण हुनु सुखद् सौभाग्यको विषय भएको बताइन्छ ।

अध्यात्मज्ञानमा आस्था र श्रद्धा भएकाका लागि यो अत्यन्त महत्वपूर्ण कार्य भएको जनाइएको छ । यो काम सम्पन्न गर्न थामसेर्कु ट्रेकिङ एण्ड एक्स्पीडिसनका अध्यक्ष सोनाम शेर्पा, व्यवस्थापक अञ्जन राई र नीमा नोरु शेर्पाले सहयोग गर्नुभएको लेखक पोखरेलले बताउनुभयो । उहाँले १८ वटै पुराण नेपाली भाषामा अनुवाद गरिसकेको जानकारी पनि दिनुभयो ।