५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँगुनारायणले नगरवासीलाई निःशुल्क रगत र रक्तदातालाई प्रोत्साहन रकम दिने



अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ ।

नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिकाको बैठकले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई आगामी साउन १ गतेदेखि उपचारको क्रममा रगतको आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शखामार्फत निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो ।

नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याउने निर्णय गरिएको जानकारी दिँदै नगर प्रमुख खत्रीले रक्तदातालाई प्रोत्साहन गर्न नगरपालिकाले रक्तदातालाई दिँदै आएको रु ५० लाई वृद्धि गरी १०० रुपैयाँ दिने निर्णयसमेत गरेको जानकारी दिनुभयो ।

त्यस्तै नगरपालिकामा राजस्व परामर्श समिति, योजना अनुगमन समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरिएकोे छ ।