११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको हिमाका सबै वडामा स्वास्थ्य सेवा केन्द्र



अ+ अ-

खलङ्गा । जुम्लाको हिमा गाउँपालिकाले ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवा वडामै सहज रुपमा उपलब्ध गराउन प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो ।

त्रैमासिक रुपमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने, अर्ध वार्षिकरुपमा आँखा शिविर सञ्चालन गर्ने, घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने जस्ता कामलाई प्रथामिकता राखेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने तथा सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी लागू गरिनेछ ।”

ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय र गर्भवती तथा सुत्केरी महिला र गरिब तथा विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । प्रत्येक महिनाको पहिलो दिन स्वास्थ्य सरसफाइ कार्यक्रम सञ्चालन गर्ने र अन्तिम दिन आधारभूत तथा माध्यमिक विद्यालयमा किशोरकिशोरीलाई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गाउँपालिकाको योजना छ ।