७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

अधिकृतको सेवाकालीन तालिम अब प्रदेशमै

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक
अ+ अ-

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत कर्मचारीका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम प्रशिक्षण परिषद्को चौथो बैठकले पारित गरेको छ । परिषद अध्यक्ष समेत रहेका मुख्यमन्त्री एवं कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम स्वीकृत गरेको हो । सहायकस्तरका लागि तालिम सञ्चालन हुँदै आए पनि अधिकृत तहका लागि भने प्रदेशमा पहिलोपटक पाठ्यक्रम तयार भएको हो ।

प्रतिष्ठानले तयार पारेको स्थानीय आर्थिक विकास प्रशिक्षण सामग्री मुख्यमन्त्री पोखरेलले विमोचन गरेका छन् । प्रदेश र स्थानीय तहका कर्मचारी अनि निर्वाचित जनप्रतिनिधिलाई आवश्यक तालिम, अभिमुखीकरण गराउने लगायत उद्देश्यबाट गठित प्रतिष्ठानले सम्पादन गर्दै आएका कार्य प्रभावकारी भएको मुख्यमन्त्री पोखरेलले बताए । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने जिम्मा कर्मचारी प्रशासनको भएकाले उनीहरुलाई चुस्त र सबल बनाउन नियमित प्रशिक्षण जरुरी रहेको उनको भनाइ थियो । जिम्मेवारीमा आएका कर्मचारीको वृत्ति विकासका लागि समेत तालिम जरुरत पर्ने मुख्यमन्त्री पोखरेलले बताए ।

संघीयतालाई मजबुत बनाउने नागरिकका अपेक्षा पूरा गर्न प्रदेश सरकार लागी परेको भन्दै उनले स्थानीय तहसँगको समन्वयमा अझ प्रभावकारी काम गर्न सकिने भनाइ राखे । सातवटै प्रदेशमध्ये गण्डकीले पहिलोपटक अधिकृतका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत यसलाई अनुमति दिइसकेको मुख्यमन्त्री पोखरेलले बताए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रदेश र स्थानीय तहका विभिन्न सेवामा कार्यरत संघीय निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी तथा प्रदेश निजामती र स्थानीय सेवाका छैटौं, सातौं र आठौं तहका अधिकृतहरुका लागि सेवाकालीन तालिम सञ्चालनका लागि पाठ्यक्रम तयार पारिएको बताए । उनले भने, ‘पाठ्यक्रममा व्यक्तित्व विकास, कौशल, नेतृत्व र प्रबन्धकीय सीप, अनुसन्धान र नवीनतम ज्ञानका साथै संघ प्रदेश र स्थानीय तहमा निर्वाह गर्नुपर्ने जिम्मेवारी र भूमिकासँग सम्बन्धित विषयवस्तु समावेश छन् ।’ कार्यकारी निर्देशक पाण्डेले स्थानीय आर्थिक विकास, स्थानीय तहको प्रमुख प्राथमिकताको विषय रहेको र सो कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन व्यावहारिक प्रशिक्षणको आवश्यकता रहेकाले प्रशिक्षकका लागि सहयोगी सामग्री तयार पारिएको जानकारी गराए । प्रतिष्ठानले हालसम्म गरेका कार्यप्रगतिका बारेमा समेत बैठकमा उनले जानकारी गराए ।

बैठकका प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रवीलाल पन्थ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, मन्त्रालयका सचिवहरु, गण्डकी विश्वविद्यालयका उपकुलपति, परिषद सदस्यहरु सहभागी थिए ।