७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

जुत्ताचप्पल क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक

जुत्ताचप्पल क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक
अ+ अ-

काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक भएको जनाएको छ ।

एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा आयातलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण र प्रयोग गर्ने सरकारको नीति सकारात्मक भएको बताउनुभएको हो । “निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रको सहकार्यमा ‘मेड इन नेपाल, मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने र जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने क्षेत्रलाई बजेटमा महत्वका साथ उल्लेख गरिनुले यस क्षेत्रका उद्योगी व्यवसायीमा उत्साह थपिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, स्वदेशमा उत्पादित जुत्ताचप्पल निर्यातमा दिइने अनुदानमा वृद्धि, बैंकबाट प्रवाह गरिने ऋणमा औद्योगिक र व्यावसायिकरुपमा वर्गीकरण गरी औद्योगिक ऋणमा विशेष सहुलियत दिने, रोजगारी सिर्जना गर्न कार्यस्थलमा आधारित तालिमका लागि बजेट विनियोजनलगायत विषय सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ । सो कार्यले नीतिगतरुपमा नै आयातलाई निरुत्साहित गर्दैै स्वदेशमा उत्पादकत्व अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै लैजान सहयोग पुग्ने विश्वास एशोसिएशनले लिएको छ ।

बजेटमा उल्लेखित अधिकांश समस्या सकारात्मक रहे पनि विद्युत् महसुलमा साना तथा मझौला उद्योगलाई बेवास्ता गरिनु, प्रविधिको समुचित प्रयोग, अध्ययन, अनुसन्धान क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकासमा बजेटले सम्बोधन गर्न नसकेको एशोसिएशनले जनाएको छ ।

एशोसिएशनले चोरी पैठारी र न्यून बजारीकरण जुत्ताचप्पलको क्षेत्रको मुख्य समस्या रहेकाले यसलाई सरकारले विशेष ध्यान दिँदै उद्योगमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेको छ । एशोसिएशनले बजेटले जुत्ताचप्पल क्षेत्रका विषयलाई सकारात्मक सम्बोधन गरे पनि कार्यान्वयनमा भने समस्या रहेको जनाएको छ ।