२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ७.७३ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकमा गिरावट आएको  छ । आइतवार नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६५३.७० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.७३ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक मात्र बढेका छन् भने बाँकी ११ उपसमूहको परिसूचक गिरावट आएको छ । जसमा एमसीसी पास हुने अपेक्षाले जलविद्युत उपसमूहको परिसूचक बढेको छ । त्यस्तै अन्य उपसमूहको परिसूचक पनि बढेको छ । जलविद्युत उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०९ प्रतिशत, बैंकिङ्ग ०.६९ प्रतिशत, व्यापार ०.२६ प्रतिशत, होटल तथा पर्यटन ०.०९ प्रतिशत, विकास बैंकको ०.५५ प्रतिशत, वित्तको ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.२८ प्रतिशत र लगानीको ०.१८ प्रतिशत घटेको छ ।

आइतवार सबैभन्दा बढी मूल्य बढ्ने १० कम्पनीहरु मध्ये ७ जलविद्युत कम्पनी रहेका छन् । नेशनल हाइड्रोपावरको शेयरमूल्य ४.५३ प्रतिशत बढेको छ भने सर्पोट माइक्रोफाइनान्स, युनिभर्सल पावर कम्पनीको शेयरको शेयर बढेको छ । यता हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य ४.५८ प्रतिशत र तेह्रथुम पावर कम्पनी ४.०२ प्रतिशत घटेको छ ।