८ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको बजेट कार्यकर्ता वितरणमुखी भएको दाहालको आरोप



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले ल्याएको बजेट कार्यकर्ता वितरणमुखी भएको आरोप लगाउनुभएको छ ।

जेठ १५ गते सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले प्रश्तुत गरेको बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तै भएको बताउनु भयो । सदस्य दाहालले मुलुक भयानक आर्थिक शंकटमा भएको तर सरकारले शंकटलाई नदेखेको जस्तो गरेको बताउनु भयो । उहाँले बजेटमा विश्वसनीय श्रोतको व्यवस्था नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तै छ । मुलुक भयानक आर्थिक शंकटमा छ तर यसले देखेको नदेख्यै गरेको छ । बजेटअनुसार को विश्वसनीय श्रोत व्यवस्था गरिएको छैन । यो बजेटले सामान्यतः अर्थ शास्त्रीय र अर्थ राजनीतिको दृष्टिकोणबाट हेर्दा पनि नेपाली जनतालाई मनोरञ्जन मात्रै दिन्छ । यो जन वितरणमुखी होइन, कार्यकर्ता वितरणमुखी हो ।’

उहाँले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट अहिलेको आर्थिक समस्यालाई समाधान गर्नेतर्फ केन्द्रित नरहेको टिप्पणी गर्नुभयो ।




भर्खरै