७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको बजेट कार्यकर्ता वितरणमुखी भएको दाहालको आरोप



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले ल्याएको बजेट कार्यकर्ता वितरणमुखी भएको आरोप लगाउनुभएको छ ।

जेठ १५ गते सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले प्रश्तुत गरेको बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तै भएको बताउनु भयो । सदस्य दाहालले मुलुक भयानक आर्थिक शंकटमा भएको तर सरकारले शंकटलाई नदेखेको जस्तो गरेको बताउनु भयो । उहाँले बजेटमा विश्वसनीय श्रोतको व्यवस्था नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तै छ । मुलुक भयानक आर्थिक शंकटमा छ तर यसले देखेको नदेख्यै गरेको छ । बजेटअनुसार को विश्वसनीय श्रोत व्यवस्था गरिएको छैन । यो बजेटले सामान्यतः अर्थ शास्त्रीय र अर्थ राजनीतिको दृष्टिकोणबाट हेर्दा पनि नेपाली जनतालाई मनोरञ्जन मात्रै दिन्छ । यो जन वितरणमुखी होइन, कार्यकर्ता वितरणमुखी हो ।’

उहाँले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट अहिलेको आर्थिक समस्यालाई समाधान गर्नेतर्फ केन्द्रित नरहेको टिप्पणी गर्नुभयो ।