२ भाद्र २०८३, मंगलवार
,
Latest
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते



अ+ अ-

काठमाडौँ। थाइल्याण्डको दक्षिणी प्रान्त नराथिवाटमा बुधवार साँझ एक सुरक्षा चेकपोइन्टमा भएको आक्रमणमा परी पाँच जना सैनिकको मृत्यु भएको छ ।

अज्ञात समूहले गरेको उक्त आक्रमणमा अन्य ६ जना सर्वसाधारण घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमकाअनुसार नराथिवाट प्रान्तको रा–नगाए जिल्लामा अवस्थित चेकपोइन्टमा स्थानीय समयअनुसार साँझ करिव ६ः४५ बजे सो घटना भएको हो ।

एउटा पिकअप ट्रकमा आएका ६ जनाको समूहले चेकपोइन्टको प्रवेशद्वारमा अन्धाधुन्ध गोली प्रहार गर्नुका साथै पाइप बम प्रयोग गरी आक्रमण गरेका थिए । आक्रमणपश्चात् उनीहरू सोही सवारी साधनमा फरार भएका थिए ।

घटनालगत्तै सुरक्षा निकायले आक्रमणकारीहरूको खोजी कार्यलाई तिब्र बनाएको छ । प्रशासनले उक्त क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा पार्दै सबै चेकपोइन्टहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

यसैबीच, थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चर्नविराकुलले सम्बन्धित निकायहरूलाई पूर्ण जिम्मेवारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।

उहाँले दक्षिणी सीमावर्ती प्रान्तहरूमा शान्ति स्थापनाका लागि भइरहेको वार्ता प्रक्रियालाई निरन्तरता दिइने समेत स्पष्ट पार्नुभएको छ ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल