११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै



अ+ अ-

काठमाण्डौँ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गएको बिहीवार ज्योतिषहरुले आज दिउसोको साइत निकालेका हुन् ।

आज दिउँसो ४ बजेपछि रथ तान्नको लागि तयारी भएको हो । रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनु पर्ने परम्परा अनुसार हिजो बेलुका रथमाथि नरिवल खसालेर चामलको भात पकाएर घुमाएर चढाइएको थियो। रथ तान्नको लागि भनेर हिजो लगनखेलको इति क्षेत्रको सडक मर्मत गरेर पिच गर्ने काम गरिएको छ।

आज रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा २१ गते शनिवार भोटो देखाइनेछ । जावलाखेल पुर्याएको चौथो दिन साइत अनुसार भोटो देखाउने जात्रा हुन्छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टङ्गल लगिनेछ । त्यससँगै वैशाख २१ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।