९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो सर्वसाधारण यात्रु तीन दिन अन्तरिक्षमा बिताएर फर्किए



अ+ अ-

एजेन्सी । तीन दिन अन्तरिक्षमा बिताएर पहिलो सर्वसाधारण अर्थात् गैर पेशेवर अन्तरिक्ष यात्रीहरूको समूह एटलान्टिक महासागरमा अवतरण गरेको छ।

उनीहरू सबैजना पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो सर्वसाधारण यात्रुको समूह बनेका छन्।

द इन्सपिरेशन फोर चालक दल स्पेसएक्स क्याप्सुलमा उनीहरू बुधवार फ्लोरिडाबाट उडेका थिए र शनिवार जीएमटी २३ बजे समुन्द्रमा अवतरण गरेका थिए।

चार प्याराशुटले यानको तल झराइलाई सुस्त बनाउँदै लगेर पानीमा झरेपछि स्पेसएक्सका डुङ्गाले उनीहरूलाई बाहिर निकालेका थिए।

इन्स्पिरेशन फोर समूह अर्बपति ज्यारेड आइज्याकम्यानले उक्त यात्राको कमान्डरका रूपमा नेतृत्व गरेका थिए।

उनले सबै यात्रुको खर्च (जुन सार्वजनिक गरिएको छैन) बेहोरेका थिए। टाइम म्यागेजिनले उक्त खर्च करिब २ करोड डलर हुने अनुमान गरेको छ।

उनले आफूसहित तीन यात्रुको भाडा स्वरूप उक्त रकम अर्का अर्बपति इलन मस्कलाई तिरेका थिए। आइज्याकम्यानले तीनजना सर्वसाधारणलाई आफैले चुनेका थिए।

ती मध्ये ५१ वर्षकी डाक्टर सायन प्रोक्टर भूगर्भ वैज्ञानिक र नासाकी पूर्व अन्तरिक्ष यात्री बन्न चाहेकी, बाल्यकालमै क्यान्सर लागेर निको भएकी २९ वर्षकी हेली एर्सेनो र एरोस्पेस डेटा इन्जिनियर तथा अमेरिकी एअर फोर्सका अवकाशप्राप्त अधिकारी क्रिश सम्ब्रोस्की, ४२ हुन्।