२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो सर्वसाधारण यात्रु तीन दिन अन्तरिक्षमा बिताएर फर्किए



अ+ अ-

एजेन्सी । तीन दिन अन्तरिक्षमा बिताएर पहिलो सर्वसाधारण अर्थात् गैर पेशेवर अन्तरिक्ष यात्रीहरूको समूह एटलान्टिक महासागरमा अवतरण गरेको छ।

उनीहरू सबैजना पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो सर्वसाधारण यात्रुको समूह बनेका छन्।

द इन्सपिरेशन फोर चालक दल स्पेसएक्स क्याप्सुलमा उनीहरू बुधवार फ्लोरिडाबाट उडेका थिए र शनिवार जीएमटी २३ बजे समुन्द्रमा अवतरण गरेका थिए।

चार प्याराशुटले यानको तल झराइलाई सुस्त बनाउँदै लगेर पानीमा झरेपछि स्पेसएक्सका डुङ्गाले उनीहरूलाई बाहिर निकालेका थिए।

इन्स्पिरेशन फोर समूह अर्बपति ज्यारेड आइज्याकम्यानले उक्त यात्राको कमान्डरका रूपमा नेतृत्व गरेका थिए।

उनले सबै यात्रुको खर्च (जुन सार्वजनिक गरिएको छैन) बेहोरेका थिए। टाइम म्यागेजिनले उक्त खर्च करिब २ करोड डलर हुने अनुमान गरेको छ।

उनले आफूसहित तीन यात्रुको भाडा स्वरूप उक्त रकम अर्का अर्बपति इलन मस्कलाई तिरेका थिए। आइज्याकम्यानले तीनजना सर्वसाधारणलाई आफैले चुनेका थिए।

ती मध्ये ५१ वर्षकी डाक्टर सायन प्रोक्टर भूगर्भ वैज्ञानिक र नासाकी पूर्व अन्तरिक्ष यात्री बन्न चाहेकी, बाल्यकालमै क्यान्सर लागेर निको भएकी २९ वर्षकी हेली एर्सेनो र एरोस्पेस डेटा इन्जिनियर तथा अमेरिकी एअर फोर्सका अवकाशप्राप्त अधिकारी क्रिश सम्ब्रोस्की, ४२ हुन्।