३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता

सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता
फाइल फोटो
अ+ अ-

काठमाडौँ। सुर्तीजन्य पदार्थको लत छुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालनमा ल्याएको हेल्पलाइन सेवा प्रभावकारी बन्दै गएको छ ।

हेल्पलाइनमार्फत परामर्श लिएका केही सेवनकर्ता सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका उदाहरण छन् । मन्त्रालयले २०८२ जेठ १८ गते सुर्तीजन्य पदार्थको सेवन त्याग्न चाहनेका लागि ११३२ हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको थियो । हालसम्म करिब ५०० जनाले उक्त सेवामार्फत निःशुल्क परामर्श लिएका छन् भने १३ जना सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका छन् ।

हेल्पलाइनमा फोन गर्नेमा ८० प्रतिशत पुरुष रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको तथ्याङ्कमा छ । बैतडीका ४० वर्षीय एक पुरुषले १८ वर्षदेखि खैनी र सुपारी सेवन गर्दै आउनुभएको थियो । दैनिक दुई प्याकेटसम्म खैनी सेवन गर्ने उहाँले सुर्तीजन्य पदार्थमा धेरै रकम खर्च भइरहेको र दमको समस्यासमेत देखिएपछि लत छुटाउने इच्छा गर्नुभएको थियो । रेडियो नेपालमा हेल्पलाइनसम्बन्धी सूचना सुनेपछि उहाँले निःशुल्क हेल्पलाइनमा फोन गरी परामर्श लिनुभयो । हेल्पलाइनबाट नियमित परामर्श पाएपछि लत छुटाउने प्रयासमा रहनुभएको छ ।

बाजुराका २५ वर्षीय एक युवाले चुरोट, गाँजा र सुर्ती सेवन गर्नुका साथै दैनिक १२ प्याकेटसम्म स्थानीय खैनी सेवन गर्ने गर्नुभएकोे थियो । टाउको दुख्ने, भोक नलाग्ने तथा स्वास्थ्यप्रति चिन्ता बढेपछि उहाँले लत छुटाउने प्रयास गर्नुभयो । हाल उहाँले नियमित परामर्शपछि पूर्णरूपमा सुर्तीजन्य पदार्थ सेवन बन्द गर्न सफल हुनुभएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले हालसम्म यो हेल्पलाइन प्रभावकारी देखिए पनि सीमित परामर्शकर्ताले अपेक्षाकृत दिन नसकिएको बताउनुभयो ।

“परामर्श लिएका व्यक्तिलाई छ महिनासम्म निरन्तर फलोअप गरिन्छ । सुरुमा एक–एक हप्ताको अन्तरालमा फलोअप गरी उनीहरूको अवस्था बुझ्ने र आवश्यक परामर्श दिने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण वार्षिक करिब ३९ हजार मानिसको मृत्यु हुने तथ्याङ्क छ । सुर्तीजन्य पदार्थको सेवन नसर्ने रोगको प्रमुख जोखिम कारकमध्ये एक मानिन्छ ।

पछिल्लो समय बजारमा परम्परागत चुरोट, खैनी र गुट्खाका अतिरिक्त भेप, ई–सिगरेट र निकोटिन पाउचजस्ता नयाँ स्वरूपका सुर्तीजन्य पदार्थसमेत उपलब्ध छन् । यस्ता पदार्थलाई कम हानिकारक वा धुँवारहित भनेर प्रचार गरिए पनि स्वास्थ्यमा पार्ने जोखिम गम्भीर रहेको डा थपलिया बताउनुहुन्छ ।

भेप, ई–सिगरेट र निकोटिन पाउचजस्ता नयाँ स्वरूपका पदार्थलाई समेत सुर्तीजन्य पदार्थकै श्रेणीमा राख्ने गरी ऐन संशोधनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । हेल्पलाइन सेवाकालागि हाल एक जना नर्सिङ स्टाफ खटाइएको छ । सेवा सोमबारदेखि शुक्रबारसम्म सार्वजनिक बिदाबाहेक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

परामर्श दिँदै आउनुभएकी नर्सिङ अफिसर अमिशा रावतले हेल्पलाइनबाट परामर्श लिएका व्यक्तिलाई निरन्तर छ महिनासम्म फलोअप गरिने बताउनुहुन्छ । उहाँका अनुसार सेवनकर्ताको अवस्था हेरेर नियमित परामर्श तथा लत त्याग्न आवश्यक सहयोग प्रदान गरिँदै आएको छ ।

“लत त्याग्न हेल्पलाइनमार्फत परामर्श दिए पनि व्यवस्थित रेफरल मेकानिजम भने बनाउन सकिएको छैन । अलि जटिल खालका केशहरुमा विशेषज्ञ नै चाहिन सक्छन् त्यो भने हाम्रो लागि चुनौती नै छ । सामान्य प्रकृतिका सेवनकर्ताले परामर्शपछि लत त्याग्न सक्ने भए पनि जटिल प्रकृतिको लत भएका व्यक्तिलाई निरन्तर परामर्श र सहयोग आवश्यक पर्छ”, नर्स राउन भन्नुहुन्छ ।