२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.45

Wind: 2.57

Humidity: 88

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेश, अर्को बैठक आजै साँझ साँढे ६ बजे बस्ने



file
अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेश गरेको छ ।

आईतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गर्नु भएको हो । यसअघि बैठकले सांसदहरु अनिता देवकोटा, देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, मदनकुमारी साह गरिमा, प्रमिला कुमारी र शेखर कुमार सिंह रहनु भएको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो कार्यव्यवस्था परामर्श समिति पुनर्गठनका लागि प्रस्ताव गर्नु भएका सांसदहरुको नामावलीमा बैठकले सहमती जनाएको हो । बैठकमा अध्यक्ष तिमिल्सिनाले भन्नु भयो,

‘राष्ट्रियसभा नियमावली २०७५ को नियम १३ बमोजिम राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिलाई देहाय बमोजिम पुनर्गठन गरेको छु । माननीय अनिता देवकोटा, माननीय देवेन्द्र दाहाल, माननीय गोपीबहादुर सार्की अछामी, माननीय मदनकुमारी साह गरिमा, माननीय प्रमिला कुमारी, माननीय शेखर कुमार सिंह । प्रस्तावित नामहरुलाई सहमती जनाई दिन अनुरोध गर्दछु । प्रस्तावित नामहरु सभाबाट सहमती प्राप्त भएको घोषणा गर्दछु । अव म माननीय अर्थमन्त्रीको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मालाई आर्थिक सर्वेक्षण २०७८/०७९ सभा समक्ष गर्न अनुमति दिन्छु ।’

राष्ट्रियसभाको अर्को बैठक आजै साँझ साँढे ६ बजेका लागि बोलाइएको छ ।