• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ ★   निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ ★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो

कर्माचार्य समुदायको पुजारी विद्यापीठ पुनः निर्माण गरिने



भादगाउँ । भक्तपुर तलेजुको कर्माचार्य समुदायको पुजारीहरुको विद्यापीठ पुनःनिर्माण गरिने भएको छ ।

भक्तपुर नगरपालिका–५ सुकुलढोकास्थित तलेजुमा पूजा गर्न तान्त्रिक विधिअनुसार कर्माचार्य समुदायलाई दीक्षित गराउने विद्यापीठ विसं २०७२ सालको भूकम्पले क्षति भएकाले पुनःनिर्माण गर्न पुरातत्व विभागले बजेट बिनियोजन गरेको हो । पुरानै संरचनाअनुसार प्यागोडाशैलीमा निर्माण गरिने तीनतले विद्यापीठ विभागले रु एक करोड ५० लाख बजेट विनियोजन गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

दीक्षित पुजारीहरुले मात्रै प्रवेश गर्न मिल्ने विद्यापीठको पुनःनिर्माण कार्य सुरु गर्नुअघि तान्त्रिक विधिअनुसार क्षमा पूजा सम्पन्न भइसकेको छ । विद्यापीठको बाहिरी आकर्षक भित्तेचित्रमा असर नपर्ने गरी जमिन तलाको भाग नभत्काई क्षति भएका संरचनाको आवश्यकताअनुसार पुनःनिर्माण गरिने कार्यालयका प्रमुख अरुणा नकर्मीले जानकारी दिनुभयो ।