२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्माचार्य समुदायको पुजारी विद्यापीठ पुनः निर्माण गरिने



अ+ अ-

भादगाउँ । भक्तपुर तलेजुको कर्माचार्य समुदायको पुजारीहरुको विद्यापीठ पुनःनिर्माण गरिने भएको छ ।

भक्तपुर नगरपालिका–५ सुकुलढोकास्थित तलेजुमा पूजा गर्न तान्त्रिक विधिअनुसार कर्माचार्य समुदायलाई दीक्षित गराउने विद्यापीठ विसं २०७२ सालको भूकम्पले क्षति भएकाले पुनःनिर्माण गर्न पुरातत्व विभागले बजेट बिनियोजन गरेको हो । पुरानै संरचनाअनुसार प्यागोडाशैलीमा निर्माण गरिने तीनतले विद्यापीठ विभागले रु एक करोड ५० लाख बजेट विनियोजन गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

दीक्षित पुजारीहरुले मात्रै प्रवेश गर्न मिल्ने विद्यापीठको पुनःनिर्माण कार्य सुरु गर्नुअघि तान्त्रिक विधिअनुसार क्षमा पूजा सम्पन्न भइसकेको छ । विद्यापीठको बाहिरी आकर्षक भित्तेचित्रमा असर नपर्ने गरी जमिन तलाको भाग नभत्काई क्षति भएका संरचनाको आवश्यकताअनुसार पुनःनिर्माण गरिने कार्यालयका प्रमुख अरुणा नकर्मीले जानकारी दिनुभयो ।