५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला नगरपालिका: महेन्द्र महतो ६६०, राजा राम महतो ६५९



अ+ अ-

धनुषा । मधेश प्रदेशको धनुषा जिल्लाको मिथिला नगरपालिकामा मेयर पदका उम्मेदवार महेन्द्र महतो (नेपाली काँग्रेस) र राजा राम महतो (नेकपा एमाले) बिचको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ ।

पछिल्लो अपडेट अनुसार महेन्द्र महतो (नेपाली काँग्रेस) ले ६६० मत प्राप्त गरेका छन् भने राजा राम महतो (नेकपा एमाले) ले पनि ६५९ मत प्राप्त गरेका छन् । महेन्द्र महतो (नेपाली काँग्रेस) जम्मा एक मतले अगाडि रहेका छन् ।

त्यसैगरी मिथिला नगरपालिकाका उप-मेयर पदमा पनि नेपाली काँग्रेसतर्फका उम्मेदवार निर्मला कोईराला ७२३ मत पाएर अग्रस्थानमा छन् भने नेकपा एमालेतर्फका अर्का उप-मेयर पदका प्रतिस्पर्धी उम्मेदवार सुनिता सिंंह बुडाथोकीले हालसम्म् जम्मा ६४४ मत प्राप्त गरेकी छिन् ।

निर्वाचन आयोग नेपालका अनुसार मिथिला नगरपालिकामा २९ हजार ७ सय ९५ योग्य मतदाता रहेका छन् ।