११ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले मुक्त गर्यो धर्मेन्द्र बास्तोलालाई



अ+ अ-

दाङ । बुटवलमा भएको बम विष्फोटनको घटनामा नेकपा (बहुमत) को संलग्नता भएको आशंकामा पक्राउ परेका सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले करिब सात घण्टापछि छाडेको छ ।

दाङस्थित इलाका प्रहरी कार्यालय भालबाङले पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे नियन्त्रणमा लिएको थियो । बम विष्फोटको घटनामा सो पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको भालुबाङ प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा सो पार्टीको संलग्नता नदेखिएपछि प्रहरीले उनलाई रिहा गरेको हो । बाँस्तोलासँगै प्रहरीले बास्तोलाका सहयोगीहरु राजेन्द्र साउद र अचल मोक्तानलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । उनीहरुलाई पनि प्रहरीले मुक्त गरेको छ ।

सोधपुछका क्रममा संयोजक बास्तोलाले नेकपा (बहुमत) ले चुनाव बहिष्कार गर्ने नीति नलिएको बताएका थिए । बास्तोला पक्राउ परेलगत्तै सो पार्टीको केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले पनि विज्ञप्ति जारी गर्ने पार्टीको चुनाव बहिष्कार गर्ने नीति नभएको बताएका थिए ।