७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा



अ+ अ-

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन् । बास्तोलालाईप्रहरीले बुधबार पक्राउ गरेको थियो। उनी बुधबार पोखराको एक कार्यक्रम सकेर नेपालगञ्ज जान लागेका बेला प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको हो ।

प्रहरीको सोधपुछमा बास्तोलाले आफ्नो पार्टीले स्थानीय चुनाव विथोल्ने खालका क्रियाकलाप नगर्ने जानकारी गराएका थिए । साथै बास्तोलाले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँड संग टेलिफोनमा सम्बाद गरेका थिए ।

बास्तोलाकी श्रीमती बिरामी रहेकाले नेपालगञ्जमा श्रीमतीलाई भेट्न जाँदै गर्दा भालुवाङबाट पक्राउ गरिएको हो । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी हालैमात्र विभाजन भएको थियो र त्यसपछि बाँस्तोलाले आफ्नो संयोजकत्वमा नेकपा बहुमत गठन गरेका थिए ।