४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलविरुद्ध म्यान्चेस्टर सिटीको सानदार जित, लिभरपुलसँग अग्रता बढायो



अ+ अ-

एजेन्सी । उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ५-० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले १९ औं र ९०+३ मिनेटमा दुई गोल गर्दा एमेरिक लापोर्टले ३८, रोड्रीले ६१ औं र फिल फोडेनले ९० औं मिनेटमा गोल गरे ।

जितसँगै तालिकाको शीर्षस्थानमा रहेको सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ३ अंकको अग्रता बनाएको छ ।

सिटीको ३५ खेलबाट ८६ अंक छ । लिभरपुलको समान खेलबाट ८३ अंक छ । यस्तै, न्युक्यासल ३६ खेलबाट ४३ अंक सहित १३ औं स्थानमा छ ।