२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः धोनीको कप्तानीमा चेन्नई विजयी



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ४६ औं खेल चेन्नई सुपर किंग्सले जितेको छ । चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो । जितसँगै चेन्नईले हैदरावादसँग अघिल्लो हारको बदला पनि लिएको छ । उसलाई सिजनको पहिलो खेलमा हैदरावादले ८ विकेटले पराजित गरेको थियो । धोनीको कप्तानीमा चेन्नईको यो सिजनको पहिलो र समग्रमा तेस्रो जित हो ।

पुनेको एमसीए स्टेडियममा आइतबार भएको खेलमा महेन्द्र सिंह धोनीले सिजनमा पहिलो पटक चेन्नईको कप्तानीको जिम्मेवारी सम्हालेका थिए । उनको नेतृत्वमा टोलीले २०२ रनको सफलताको रक्षा गर्दै हैदरावादलाई १८९ रनमा सीमित गर्‍यो । चेन्नईका लागि ऋतुराज गायकवाड र डेभोन कोनवेले अर्धशतकीय पारी खेले भने बलिङमा मुकेश चौधरीले चार विकेट लिए ।

चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याउँदै सनराइजर्स हैदरावादले सुरुआत राम्रो गरेको थियो । अभिषेक शर्मा र केन विलियम्सनले मिलेर पाँच ओभरमा टोलीको स्कोर ५० रनभन्दा माथि पुर्याएका थिए । तर छैटौं ओभरको पाँचौं र छैटौं बलमा मुकेश चौधरीले अभिषेक शर्मा र राहुल त्रिपाठीलाई आउट गरेर हैदरावादको समस्या थपिदिए । त्यसपछि एडन मार्कराम र केन विलियम्सनले इनिङ्स सम्हाल्ने प्रयास गरे । सानदार रन बनाएपनि १०औं ओभरमा मार्कराम पनि पेभिलियन फर्किए ।

अर्कोतर्फ विलियम्सनले निरन्तरता दिए र स्कोर बढाउने प्रयास गरे । तर उनी पनि ४७ रनमा आउट भए । त्यसपछि निकोलस पूरन र शशांक सिंहले अग्रता लिएर इनिङ्सलाई अगाडि बढाउन थाले । चेन्नईका मुकेश चौधरीले दोस्रो स्पेलमा हैदरावादलाई ब्याकफुटमा धकेले । उनले १८ औं ओभरमा शशांक र सुन्दर दुवैलाई आउट गरे ।

त्यसपछि पूरनले द्रुत रन जोड्दै २९ बलमा आफ्नो अर्धशतक पूरा गरे । अन्तिम ओभरमा पूरनले २४ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । हैदरावादका लागि निकोलस पूरनले सर्वाधिक रन बनाए । उनी ३३ बलमा ६४ रन बनाएर अविजित रहे । चेन्नईका लागि मुकेश चौधरीले सर्वाधिक ४ विकेट लिए ।

यसअघि हैदरावादका कप्तान केन विलियम्सनले टस जितेर चेन्नईलाई ब्याटिङको निम्तो दिएका थिए । हैदरावादको निर्णय गलत साबित गर्दै चेन्नईले बलियो सुरुवात गरेको थियो । सिजनको दोस्रो खेल खेल्दै आएका ऋतुराज गायकवाड र डेभोन कोनवेले पहिलो विकेटका लागि १८२ रनको साझेदारी गरे । तर, ऋतुराज आफ्नो शतकबाट चुके । उनी ५७ बलमा ९९ रन बनाएर आउट भए । जबकि कोनवे ५५ बलमा ८५ रनमा अविजित रहे । हैदराबादका लागि नटराजनले दुई विकेट लिए ।