४ भाद्र २०८३, बिहीबार
,
Latest
लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुमलटार ‘ए’ डिभिजन लिगमा बढुवा



अ+ अ-

काठमाडौं । खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । आइतबार ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटार २–१ गोलले विजयी बन्यो । जितसँगै खुमलटार ‘बी’ लिगको दोस्रो स्थानमा रहदै ए डिभिजनमा उक्लिएको हो ।

२०६१ सालमा स्थापना भएको खुमलटारले पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको हो । खुमलटारले १३ खेलमा २२ अंक जोड्यो । समान २२ अंक रहेको रानीपोखरी कर्नर टिम (आरसिटी)भन्दा खुमलटार हेड टु हेडमा अघि रह्यो ।

बी डिभिजन लिग च्याम्पियन भने चर्च ब्वाइज युनाईटेड बन्यो । खुमलटारसँग पराजित सामाजिक भने रेलिगेसनमा परेको छ । यसअघि झम्सिखेल युथ क्लब रेलिगेसनमा परिसकेको छ ।