२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेदकोटका मेयरसहितका जनप्रतिनिधि एमाले परित्याग गर्दै नेकपा एसमा प्रवेश



अ+ अ-

धनगढी। कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयरसहितका जनप्रतिनिधि नेकपा एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट विजयी मेयर अशोककुमार चन्दसहितका जनप्रतिनिधि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका ४ जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । वेदकोट नगरपालिका– ३ दैजीमा आयोजित कार्यक्रममा उनीहरुलाई नेता नेपालले पार्टीमा स्वागत गरे ।

उनी पछिल्लो केही महिनायता एमालेसँग असन्तुष्ट रहँदै आएका थिए । उनले पार्टीभित्रबाट पेलानमा परेको कारणले एकीकृत समाजवादी रोजेको बताए ।