१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

खसिबोकाको व्यापार कम भएको व्यापारीको गुनासो (तस्विर र भिडियो)

खसिबोकाको  व्यापार कम भएको व्यापारीको गुनासो (तस्विर र भिडियो)
अ अ+ अ-

काठमाडौं उपत्यकामा खसिबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन् ।  कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका छन् । कोरोना महामारील गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दशैँ मनाउन गएकोले काठमाडौंमा खसिबोका व्यापार कम भएको बताएका छन् ।  खसिबोकाको ब्यापारमा  काठमाण्डौका स्थानीय ब्यापारीहरुको राम्रो ब्यापार भएपनि बाहिरबाट खसिबोका लिएर आउने व्यापारीहरुले परलमोल नै  उठाउन नसकेको गुनासो गरेका छन् ।

काभ्रेबाट खसि बोका बिक्री गर्न भन्दै बबरमहलमा आउनुभएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताउनुभयो । गत वर्ष ३ सय खसि बोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उहाँले यस वर्ष अझै सय वटा बोका बेच्न बाँकी रहेको बताउनुभयो ।

व्यापारी लामाले भन्नुभयो, ‘यस वर्ष पोहोरको तुलनामा आधा पनि व्यापार भएको छैन, सबै जना गाउँ गएको हो कि,खाने मान्छे नै नभएको हो कि ?महंगोले पनि होला,मैले साढे तीनसय ल्याएको थिएँ, अझै १ सय वटा बाँकी छ, पोहोर फूलपातीकै दिन सकाएर जान्थ्यौँ, यसपाली सय वटाबाँकी नै छ, मैले ६ सयदेखि ६५० सम्ममा बिक्री वितरण गरिरहको छु ।’

त्यस्तै धादिङबाट खसिबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आउनुभएका परशुराम चौलागाँईले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताउनुभयो । उहाँले यस पटक खसि किनेको परलमोल नै उठाउ हम्मेहम्मे परेको गुनासो गर्नुभयो । उहाँले कोरोनाका कारण ग्राहकहरुको खरिद शक्ति  पैसाको कमी भएको) नभएको बताउनुभयो । किन्न आएका ग्राहकहरुले मुल्य थोरै दिने गरेको बताउनुभयो ।

व्यापारी चौलागाइँले भन्नुभयो, ‘पहिला महंगो भयो, अहिले आएर घट्यो, त्यसैले यताका व्यपारीहरु सबै गाउँमा पसे, गाउँमा ६५० भयो, व्यपारीहरुमा नै प्रतिष्पर्धा भयो, पोहोर आजका दिनसम्म खसि किन्नेहरुले झम्टिएर लैजान आइपुग्थे यस वर्ष त्यति व्यापार हुन सकिरहेको छैन, अहिले २२, २५ हजारको खसिलाई १४ हजार दिन आउँछन्, हामीले साउँसम्म उठाउन पाए हुन्थ्यो भनेर बेचिरहेका छौँ, खोरमा हरायो भने पनि केही पैसा नपाउने रहेछ, आफैँ चिनेर लैजानुस् भन्ने, कहाँ खोज्न जानु ? हराएपछि आफैँलाई घाटा छ । ३५,४० वटा बेचिसक्यौँ, अब १०,१५ वटा बाँकी छ, कोरोनाले असर गरेको छ, व्यापारीहरुलाई त छँदै छ, ग्राहकहरुसँग पनि पैसा कमाएका छैनन्, अनि कसरी खसि किन्नु ।’

उहाँले कोरोना महामारीले गर्दा खसिबोका बिक्री वितरण हुन नसकेको बताउनुभयो । बाहिरबाट खसिबोका र च्यांग्रा बिक्री गर्न काठमाडौं आएका व्यापारीहरु चाहे जस्तो व्यापार नहुँदा निरास देखिएका छन् ।