१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

रुबी खानले अनशन तोडिन् (भिडियो रिपोर्ट)

रुबी खानले अनशन तोडिन् (भिडियो रिपोर्ट)
अ अ+ अ-

काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माईतीघरमा अनसन बस्नुभएकी महिला अधिकारकर्मी रुबी खानले अनसन तोड्नुभएको छ । 
पीडितको न्यायका लागि भन्दै १२ दिन यता अनसनरत महिला अधिकारकर्मी रुबी खानले सरकारले गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएसँगै अनसन तोड्नुभएको हो । सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी उपरिक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका महम्द शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य अधिकृत रहनुभएको छ । उहाँलाई मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाउनु भएको हो । अनसन तोडेपछि उहाँले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाको जित भएको बताउनुभयो ।

खानले भन्नुभयो, ‘समितिले सत्यतथ्य बाहिर ल्याउन कुनै कन्जुस्याँइ गर्छ भने हामी यो भन्दा पनि कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छु, यी दुई घटना प्रतिनिधिमुलक मात्रै हुन्, देशका जतिपनि महिलाहरु हिंसामा पर्नुभएको छ, हिंसाबाट मारिनुभएको छ उहाँहरुको न्यायका लागि म आमरण अनसन बसेकी हुँ, हाम्रो आन्दोलन उहाँहरुका लागि हो, महिलाहरुको न्यायका लागि हो ।’

न्यायका लागि रुबी खान लगायतको टोलीले आमरण अनसन बसेको १२ दिनमा अनसन तोडेको छ । आयोगले अपराधीलाई कानून बमोजिमको सजाय दिलाउने विश्वास दिएपछि खानले आमरण अनसन तोड्नुभएको हो । उहाँले प्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै कारबाहीको माग समेत गर्नुभयो । 

यो पनि पढ्नुहोस-  न्याय माग्न आएका निहत्था नारीमाथि सिंहदरबारको यो बर्बरता !