१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

सुदूरपश्चिममा अविरल वर्षा : तीन जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

सुदूरपश्चिममा अविरल वर्षा : तीन जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
अ अ+ अ-

सुदूरपश्चिम  । सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिराले घर भत्काउँदा त्यसमा च्यापिएर तीन जनाको मृत्यु भएको छ । 

प्रदेश प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा ३२ वर्षीय विष्णु अवस्थीको आफ्नै घरपसल माथिबाट खसेको पहिरामा च्यापिएर मृत्यु भएको छ । यस्तै वर्षाका कारण डोटी जिल्ला सायल गाउँपालिका–६ मेल्लेक गाउँका वीरबहादुर कुन्जेडाको घर भत्किँदा ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
  
डडेलधुराको अमरगढी नगरपालिका–१ मा पहिरो खस्दा स्थानीयवासी भीम रावलको पक्की घरमा पूर्णरूपमा क्षति पुगेको छ । उक्त घटनामा देवकी रावल र ग्रिस रावल घाइते हुनुभएको छ । सोही घरको गोठमा पशु चौपाया, खाद्यान्न र भाँडावर्तन, लत्ताकपडा पुरिएर क्षति पुगेको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका पदमबहादुर शाहीको गोठमा परेको चट्याङका कारण पशु चौपाया मरेका छन् ।
 
डोटीको सायल गापामा भएको घटनामा विन्दा कुन्जेडा, वीरबहादुर कुन्जेडा, वासुदेवी कुन्जेडा घाइते हुनुभएको छ । कैलालीको खुटिया नदीमा आएको बाढीमा गोदावरी नगरपालिका–८ का गणेश आउजी नदीमा बेपत्ता भएका छन् । खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ । 
   
खुटिया नदीमा बालुवा सङ्कलन गर्न गएको समयमा आएको बाढीमा फसेका स्थानीयवासी रेबु थापाको प्रहरीले आज सकुशल उद्धार गरेको छ । डोटीको दीपायल सिलगढी नगरपालिका–६ का हेमराजा बोहराको घर र गोठमा गएको पहिराले पशु चौपाया पुरिएका छन् ।
  
बझाङ जिल्ला बित्थडचिर गाउँपालिका–८ मा कलङ्गा नदीको बहाव बढ्दा जोखिममा परेको नजिकैको अस्थायी प्रहरी पोष्ट सुरक्षित स्थानमा सारिएको छ । हिमाली जिल्ला दार्चुलाको तिङ्कर क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण खानेपानीको पाइप र धारामा पानी जमेपछि पानी आउन बन्द भएको छ । 
   
यता कैलालीको मोहन्याल गाउँपालिका–४ को ठूलीगाड नदीमा सोमबार साँझदेखि फसेका स्थानीयवासी ५० वर्षीय लोकबहादुर बुढामगर र उहाँकी पत्नी ४७ वर्षीया पिर्मादेवी मगरको मङ्गलबार दिउँसोसम्म उद्धार हुन सकेको छैन । उद्धारका लागि आएको हेलिकप्टर खराब मौसमका कारण घटनास्थलमा पुग्न नसकेको जिल्ला दैवी प्रकोप उद्धार समितिका चेतन खड्काले जानकारी दिनुभयो । 
 
यता कैलालीको कर्णाली नदीमा आज दिउँसोदेखि पानीको बहाव खतरा तहभन्दामाथि पुगेपछि सम्भावित क्षतिलाई मध्यनजर गरी नदी तटीय क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ । 
   
कर्णालीमा खतराको तह १० दशमलव आठ मिटर मानिएकामा अपराह्न १ः३० बजेसम्म १२ दशमलव शून्य पाँच मिटर पुगेको छ । यो नदीमा पानीको बहाव १० मिटर पुगेपछि चेतावनी तह मानिन्छ ।
 
कर्णाली नदीको बाढीले टीकापुर नगरपालिका–५ को शाहीपुरको तटबन्धन भत्काएपछि बाढी बस्तीमा पुगेको छ । वडा नं २ र वडा नं ८ को सत्तीपुल आसपासको बस्तीसमेत जोखिममा परेको छ । खड्काले भन्नुभयो, “शाहीपुरको तटबन्धन भत्किएर कर्णालीको बाढी बस्तीमा पुगिसक्यो, सेना र प्रहरीको टोलीबाट रोक्ने छेक्ने काम भइरहेको छ ।” 

तटबन्धन भत्किएकको ठाउँबाट भित्र पसेको बाढीले टीकापुर नगरपालिका–५, ६, ७, ८ को बस्तीमा समेत धनमालको क्षति पुग्ने जोखिम देखिएको छ । महाकाली नदीमा पानीको बहाव खतरा तहभन्दा माथि पुगेको छ । सो नदीमा दिउँसोसम्म चार लाख ६१ हजार ८८७ क्युसेक पानीको बहाव पुगेको छ । साढे चार लाख क्युसेक बहाव पुगेमा खतराभन्दा माथि मानिन्छ । 
 
उक्त नदीको बाढीका कारण भीमदत्त नगरपालिकाको ओदाली गाउँमा १५० घर डुबानमा परेपछि प्रहरीको उद्धार टोली परिचालन गरिएको छ । यस्तै दोधारा–चाँदनी नगरपालिका–१० को शान्ति टोल, बैदीफाँट, निशानी टोलमा समेत गरी ७० घर डुबानमा परेपछि खटिएको प्रहरी टोली उद्धार कार्यमा जुटेको छ ।
  
आइतबार रातिदेखि भइरहेको निरन्तरको वर्षाका कारण प्रदेशको धान उत्पादन हुने मुख्य क्षेत्र कैलाली र कञ्चनपुर जिल्लाको ठूलो क्षेत्रफलको धानबाली नष्ट गरेको छ । बाली काटेर भित्र्याउने समयमा अचानक भएको वर्षाले काटेर खेतमै सुकाइएको धानबाली बगाएपछि नष्ट भएको हो । दुवै जिल्लाको अधिकांश क्षेत्रको धानबाली डुबानमा परी क्षति पुगेको छ । 
  
मोहना नदीको बहाव मापन गर्न खटिनुभएका मानबहादुर चौधरीले भन्नुभयो, “तीन दिनअघि मात्रै काटेर खेतमै सुकाइराखिएको नदी आसपासको खेतकोे पूरै बाली मोहनाको बाढीमा बगेर क्षति पुगेको छ ।”
 
दुवै जिल्लाको होचो भागको खेतमा काटेर सुकाइएको धान खेतमा तीन÷चार फिटसम्म पानी जमेको छ । वर्षाका कारण भर्खरै काटेर भित्र्याउन लागिएको धानबाली भिजेर क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “काटेर सुकाइएको पूरै धानबालीमा क्षति भएको छ ।” वर्षाबाट भएको जनधनको क्षतिको थप विवरण आउन भने समय लाग्ने बताइएको छ । 
 
भारी वर्षाका कारण धनगढी डडेलधुरा राजमार्गको भासुभिर, सल्लाघारी, जयपृथ्वी राजमार्ग, अछामको चौरपाटी क्षेत्रलगायतका सडकखण्डका ठाउँठाउँमा पहिरो गएपछि यातायात आवागमन अवरुद्ध बनेको छ ।

बझाङको बित्थड गाउँपालिका–५ का धनबहादुर बोहरा, जगदीश बोहरा र मानसिंह बोहराको घर माथिबाट आएको पहिराका कारण उहाँहरुको घरमा सामान्य क्षति पुगेको छ ।