१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण
अ अ+ अ-

काठमाडौं । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्नुभएको हो ।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकी इन्दिरा वनमाला र नाइके बिज्रेश वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराउनुभएको थियो । राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गर्नुभएको थियो ।

नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उहाँले जनही रु एक हजार पाँचका दरले दक्षिणासमेत प्रदान गर्नुभयो । राष्ट्रपति भण्डारीलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूलमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले राष्ट्रपति भण्डारीलाई ढलौटबाट बनेको गणेशको मूर्ति प्रदान गर्नुभयो ।

राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापा, जिसस प्रमुख गेलाल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, जिसस उपप्रमुख सरिता कुँवर, तीनवटै नगरपालिकाका उपप्रमुख वीणा बाँस्तोला, जुना बस्नेत, अञ्जनादेवी मधिकर्मी, एमाले जिल्ला अध्यक्ष बचन देउजा, गुठी कार्यालयका प्रमुखलगायतले मन्दिरमा स्वागत गर्नुभएको थियो ।

देवगणलाई दक्षिणा दिने क्रममा देवगणहरुका तर्फबाट भद्रकाली बन्ने देवगण बालकृष्ण वनमालाले दुई वर्ष अगाडि भक्तपुरको जिसस प्राङ्गणमा राष्ट्रपति भण्डारीले अवलोकन गर्ने गरी प्रदर्शन गरिएको नवदुर्गा नाचको कूल खर्चमध्ये रु ४८ हजार ३८५ बाँकी रहेकाले उक्त रकम दिलाइदिन राष्ट्रपतिसमक्ष आग्रह गर्नुभयो ।

त्यस्तै तलेजुका मूल नाइके जोशीले तलेजुका पुजारी, नाइकेलगायत विभिन्न तहमा रहेर कार्यरत व्यक्तिले आर्थिक अभावका कारण जिम्मेवारी छाड्दै जाँदा तलेजुमा समस्या परेको भन्दै उचित बजेटको व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

तस्बिरः रमेश गिरी/रासस