१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख
अ अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिकरूपमा पहल भइरहेको बताउनुभएको छ ।  सिन्धुपाल्चोकको कुभिण्डेमा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको २९औँ साधारणसभाको उद्घाटनका अवसरमा सभामुख सापकोटाले यही कात्तिक ११ गते बस्ने प्रतिनिधिसभाको बैठकअगावै संसद् सञ्चालन गर्न आवश्यक छलफलका लागि पुनः बैठकको आयोजना गरिने बताउनुभयो ।

प्रतिनिधिसभालाई प्रभावकारी, गतिशील र जनमुखी बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै सभामुख सापकोटाले आफू त्यसैमा केन्द्रित भएर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

मौसममा आएको परिवर्तनले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिराले ठूलो धनजनको क्षति पुगेकामा दुःख व्यक्त गर्दै सभामुख सापकोटाले मुखमै आएको धानबाली नोक्सान भएकामा पीडित परिवारलाई राहत उपलब्ध गराउन गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष नेत्रप्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा आफू कसैको दबाब र कुनै शक्तिसँग झुकेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने प्रतिबद्धता पुनः दोह-याउनुभयो । 

चौतारा साँगाचोकगढी नगरपालिका–४ कुभिण्डेमा अवस्थित उक्त सहकारी संस्था जिल्लाकै पहिलो हो । वार्षिक पाँच लाख ७५ हजार लिटर दूध उत्पादन हुने र आफ्नै चिस्यान केन्द्रमार्फत दुग्ध विकास संस्थान बालाजुमा पठाइने गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।