१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने,थापाको नेतृत्वमा मूल समारोह समिति गठन

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने,थापाको नेतृत्वमा मूल समारोह समिति गठन
अ अ+ अ-

ललितपुर ।नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो । यस अघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औं महाधिवेशन वुटवलमा गर्ने घोषणा गर्नु भएको थियो ।

एमालेको महाधिवेशन स्थल परिवर्तन , चितवन हुने

तर आजको बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनु भयो । बैठकले पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटी समेत गठन गरेको छ ।

प्रवक्ता ज्ञवालीले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट वटै प्रदेशबाट १÷१ जना प्रतिनिधिहरु र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहनु हुने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आजको बैठकले पार्टीका १० औं राष्ट्रिय महाधिवेशन यही मंसीर १० देखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ । महाधिवेशनको व्यवस्थापनका लागि पार्टीका स्थायी कमिटी सदस्य कमरेड रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ । उक्त कमिटीमा कमरेडहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट वटै प्रदेशबाट १÷१ जना प्रतिनिधिहरु र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहनु हुनेछ । मूल व्यवस्थापन कमिटी २१ सदस्यीय हुनेछ ।’

बैठकले पार्टीको हालैसम्पन्न विधान महाधिवेशन भव्यताका साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै सहयोग गर्नुहुने सबैप्रति धन्यवाद समेत दिएको छ । एमाले स्थायी समिति बैठकले पार्टीको विधान महाधिवेशनले पार्टीलाई भावनात्मक रुपमा एकतावद्ध बनाएको निष्कर्ष पनि निकालेको प्रवक्ता ज्ञवालीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको हालै सम्पन्न विधान महाधिवेशनको समिक्षा गरेको छ । र बैठकले उक्त महाधिवेशन अत्यन्त भव्य, अत्यन्त ऐतिहासिक  र सफल रहेको निष्कर्ष निकालेको छ । विचार र नीतिहरुमा सर्वसम्मति कायम भएको छ महाविधेशनबाट । यो महाधिवेशनले पार्टी पंक्तिमा भावनात्मक एकता र आत्मविश्वासको एउटा ठूलो सन्देश सम्प्रेषित गरेको छ । र पार्टीमा एउटा नयाँ ऊर्जा यसले प्रदान गरेको छ । बैठकले महाधिवेशनलाई सफल पार्न ज जसले सहयोग गर्नु भयो, उहाँहरु सबैलाई धन्यवाद ज्ञापन गर्ने काम गरेको छ ।’

एमालेले हालै आएको बाढी, पहिरो, हिमपात र डुवानलगायतका प्राकृतिक विपत्तिमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै त्यसप्रति गहिरो दुःख व्यक्त गरेको छ । त्यसैगरी प्राकृतिक विपत्तिपरी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत र उद्धारको काममा उचित व्यवस्था मिलाउन सरकारसँग माग गरिएको प्रवक्ता ज्ञवालीले बताउनु भयो ।

बैठकले विपत्तिमा परेकाहरुलाई राहत र उद्धारको कार्यमा जुटन पार्टीका सिंगो पक्तिलाई आह्वान समेत गरेको छ । बैठक भोली शुक्रबार दिउँसो २ बजेपनि तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको एमालेले जनाएको छ ।