१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

मुडफ्रेस बनाउँदै प्रचण्ड : र्‍याफ्टिङ देखी जिपलाइन सम्म (फिचर र भिडियोसहित)

मुडफ्रेस बनाउँदै प्रचण्ड : र्‍याफ्टिङ देखी जिपलाइन सम्म (फिचर र भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । प्रमुख सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुड फ्रेस बनाउन यतिबेला र्‍याफ्टिङ देखि जिपलाईनको मज्जा लिईरहनु भएको छ । परिबार सहित दाहाल बिहिबार दिउसो सिन्धुपाल्चोकको  सुकेटेमा रहेको एक रिसोर्टमा पुग्नु भएको थियो । दाहालले   सुनकोसी नदि मा र्‍याफ्टिङ समेत गर्नुभएको थियो भने काठमाण्डौ फर्कदै गर्दा धुलिखेलमा रहेको जिपलाइनमा मनोरञ्जन गर्नुभएको छ ।  

यो पनि पढ्नुहोस- मुडफ्रेस बनाउन माओवादी अध्यक्ष दाहाल सुकुटेमा

नाति नातिनी सहित पुग्नु भएकाप्रचण्डले  क्लासिक जिपलाइनको अनुभव लिनुभएको छ । सहासिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको अनुभब सुनाउनु भयो । उहाँले भन्नुभयो  "पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको छ । "
सिन्धुपाल्चोकका केदार थापा  र काठमाडौका भुपेश श्रेष्ठ ले वल्ड वाइड एड्भेन्चर प्रा लि मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सन्चालनमा ल्याएका छन् । 

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरि  ११ सय मीटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।

काठमाडौबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ। 

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सापकोटा ,माधव सापकोटा वाइसीएल का पुर्व अध्यक्ष दिपशिखा,जिल्ला सयोजक गोबिन्द पराजुली लगाएत नेताहहरुसंग दाहालले मुडफ्रेस बनाउनु भएको छ ।

शान्ति प्रक्रियामा आए देखी नै माओवादीका अध्यक्ष दाहाल तनाव कम गर्न सिन्धुपाल्चोकको बिभिन्न रिसोर्टमा जानु गर्नुभएको थियो । वाढी पहिरोको प्रभावले मुलुक आक्रान्त भएको बेला प्रधानमन्त्री शेरबहादुर देउवा स्थलगत भ्रमणका लागि सूदुरपश्चिमका जिल्लाहरुमा पुग्नु भएको छ भने दाहाल सुकुटेमा मुडफ्रेस बनाउन जानु भएको छ भने माधब नेपाल काठमाडौमा दलको काममा व्यस्त रहनु भएको छ ।